चोखो माया By, गोपाल प्रधान I


 

गगंनको माया त्यो पहाड्लाई,
ममताको स्वरूप् यो हरियो वस्त्रमा !
सुन्दर् प्रतिमा,त्यो भुमिलाई,
मोहनीको झिल्का उत्रीयो निधारमा !

सप्तरगंका माला म गासौला,
जलभरी कलसमा इन्द्रेंणी म पठाउँला !
संगीतको कोमल ती लयमा,
भजन् भज्दैं,तीर्थस्थल हिड्दै पुगौंला !

मातृभूमिको निस्वार्थ सेवामा,
हिर्दयको पुकारमा प्रवीणता ल्याउला !
सम्पूर्ण मनका यी गलैचामा,
किरण म बटुली सुर्य,नाउँले आउँला !

गोपाल प्रधान
काठमाण्डौ,
हाल दोहा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com