फाटेको जुत्ता लेख्नेलाई एक लाख !

काठमान्डू असार २१,

चपली हाईट निर्माणसँगै चर्चामा आएका निर्माता अर्जुन कुमारले एक बर्ष अगाडी घोषणा गरेको फिल्म 'फाटेको जुता'को लागि स्क्रिप्ट राईटिङ कम्पिटिसन गराउँदै छन् । अर्जुनले फिल्मको नामसँग सुहाउँदो स्क्रिप्ट लेख्नेलाई रू. एक लाख नगद दिने भएका छन् । 

बिहिबार एक प्रेस विज्ञप्ती जारी गरि निर्माता कुमारले आएका स्क्रिप्ट मध्येबाट उत्कृष्ट एकलाई पुरस्कार दिने बताएका छन् । उनले नाम तोके पनि कथाको क्राइटएरिया भने तोकेका छैनन् । 'यो खुल्ला प्रतियोगिता हो । नामसँग म्याच हुने गरि जुन बिषयबस्तुमा कथा लेखे पनि हुन्छ,' अर्जुनले भने- 'जति सक्दो छिटो स्क्रिप्ट आउँछ त्यति नै छिटो फिल्म निर्माणकार्य पनि शुरू हुन्छ ।' 

हाल फिटकिरी फिल्मको पोष्टप्रोडक्सनमा व्यस्त रहेका निर्माता कुमारले सञ्चारकर्मीहरूकै रहोवरमा पुरस्कार दिने जनाएका छन् । लेखकहरूलाई हौसला मिलोस् भनेर पनि स्क्रिप्ट कम्पिटिशनको आयोजना गरेको उनले बताए । फिल्म फिटकिरीको रिलिज डेट केहि समयका लागि पछाडी सर्ने भएकाले फुर्सदको समयमा फाटेको जुताको काम थालनी गर्ने उनको भनाई छ । स्क्रिप्ट आएपश्चात फिल्मका कास्ट एण्ड क्रु तय गरिने अर्जुन बताउँछन् । फिल्मी खबर :

_____ प्रेस बिज्ञप्ति __ Script For   फाटेको जुत्ता ......




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com