तीन बर्ष पहिले जाल मा परेको याद आयो
नछुट्टिने बाचासंगै आशु झारेको याद आयो!
गास्ने,मास्ने,हास्ने जे-जे गरियो बिगतमा
ख्यालठट्टामै रिसाएर बोली बारेको याद आयो!
हाम्रो माया अजम्बरी हुन्छ भन्दाभन्दै पनि
लगनगाठो कसौ भन्दा समय सारेको याद आयो!
अतितका यादहरु भुल्न खोज्दाखोज्दै पनि
सँगै बसी भाले पोथी नारेको याद आयो!
अनिल बन
बाग्लुङ:दगा तुम्डाँडा ५ देउराली
हाल:अबु धबी यू.ए.इ.