गज़ल : By, लक्ष्मण भन्तना I



 छुप्दैन चेली दाजुको मायाँ, देखिन नभन्नु
यो मुटु भित्र तिम्रै छ छायाँ, भेटिन नभन्नु |

आँशुका धारा बग्दैछ चेलि, सम्झना अति भो
हल्करा सामु छोडेको खबर, सुनिन नभन्नु |

बिरामी आमा छाडेर एक्लै, हिँड्न म सकिन
तिजकिचेली न आए लिन, जाँदिन नभन्नु |

नरुनु बैनी सम्झेर दाजै, यो साल यस्तै भो
चेलीको मायाँ मारेछ ठानी, हाँसिन नभन्नु |

बेलैमा लिन आइन भने ,सम्झेर आउनु है
यो दाजु बाटो हेरेर बस्छु ,सकिन नभन्नु |

लक्ष्मण भन्तना
गोर्खा, नेपाल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com