गजल : By, साबित्रा लुइँटेल घिमिरे I



 क्षितिज सम्म निहाली हेरे देखिन कसैलाई 
प्रतिक्षा गरी पर्खेर बसे सोधिन कसैलाई |
तिजमा मेरा माइती बाट आएनन् लिनलाई
मनको ब्यथा थपेर मैले भनीन कसैलाई | 
अधुरा थिए मनका कुरा अधुरै रहने भो 
सुनाउन मैले कोसिस गरे सकिन कसैलाई|
 हलुका हुन्थ्यो दुखेको मुटु बेदना सुनाउदा 
मनको बह पोखुला भन्थे भेटिन कसैलाई|
बाँच्दा पो साथ चाहिने होला मर्दा के चाइथ्यो  
मरेर जाँदा म एक्लै जान्छु लाँदिन कसैलाई| 
साबित्रा लुइँटेल घिमिरे
  झापा बिर्तामोड 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com