क्षितिज सम्म निहाली हेरे देखिन कसैलाई
प्रतिक्षा गरी पर्खेर बसे सोधिन कसैलाई |
तिजमा मेरा माइती बाट आएनन् लिनलाई
मनको ब्यथा थपेर मैले भनीन कसैलाई |
अधुरा थिए मनका कुरा अधुरै रहने भो
सुनाउन मैले कोसिस गरे सकिन कसैलाई|
हलुका हुन्थ्यो दुखेको मुटु बेदना सुनाउदा
मनको बह पोखुला भन्थे भेटिन कसैलाई|
बाँच्दा पो साथ चाहिने होला मर्दा के चाइथ्यो
मरेर जाँदा म एक्लै जान्छु लाँदिन कसैलाई|
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड