गजल : By, सोमकृष्ण श्रेष्ठ I



डेरा नभै मायालुको घर पो खोज्दै छु
नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

चिलाउने त्यो लाकुरी हैन रानी सल्ला
चौतारीमा पिपलको वर पो खोज्दै छु

चाहिएन घैंटो घ्याम्पो अन्य भाँडा कुडा
ढुंगालाई त्यो माटोको भर पो खोज्दै छु

साल्को पात सल्लेपिर किन चाहियो र
वर्षातमा घर छाउने खर पो खोज्दै छु

दही मही नाना थरि परिकार हैन
घ्यूको लागी त्यो दुधको तर पो खोज्दै छु

डेरा नभै मायालुको घर पो खोज्दै छु
नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com