UAE, नेपाली युवा मन्च यु.ए.ई को प्रथम राष्ट्रिय भेला सम्पन्न I

 दुबई जेठ २६  

बिनोद श्रेष्ठ "क्रान्ति" : “सम्पूर्ण प्रवासी युवाहरु एक हौं” अग्रगमन र परिबर्तनको पक्षधरता, प्रबासी युवाहरू बिचको एकता भन्ने मुल नाराका साथ नेपाली युवा मन्च यु.ए.ई को प्रथम राष्ट्रिय भेलाले हिजो शुत्रवार बरदुबईको होटल अरब उडुपीमा लक्ष्मण लामिछानेको नेतृत्वमा ३५ सदस्यीय नेपाली युवा मन्च यु.ए.ई कार्य समिति चयन गह्यो। 

नेपाली जनप्रगतिशिल मन्च यु.ए.ई को पहलमा प्रवासमा पोहिलो पटक युवाहरूलाई एकजुट पार्ने उद्देश्यले खोलिएको उक्त संस्थाको अध्यक्ष लक्ष्मण लामिछानेको अध्यक्षता र नेपाली जन प्रगतिशिल मन्च यु.ए.ई का अध्यक्ष हेमन्त पैाडेलको प्रमुख आथित्य साथै गैर आवासिय नेपाली संघ यु.ए.ई का अध्यक्ष श्री चन्द्र रोकाहको बिशेष उपस्थितिमा भएको उक्त कार्यक्रम नेपाली जन प्रगतिशिल मन्च यु.ए.ई का महासचिब क. बाबुराम बिश्वकर्माले सन्चालन गरेका थिए। 


शहिदहरू प्रति १ मिनेट मैान धारणा बाट शुरूवात भएको सो कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च यु.ए.ई का प्रथम उपाधक्ष्य क. सुर्यकान्त सेडाईले स्वागत मन्तब्य दिदै प्रवासमा अव समाजलाई परिवर्तन गर्न युवा बर्ग नयाँ ढंगले लाग्नुपर्छ भन्नुहुदै, नेपाली क्रान्तिमा युवाहरूको महत्व प्रष्ट पारेका थिए।त्यसैगरी बालकुमार बस्नेतको जुरमुराउदै उठ महान सहिदका अधुरा सपना पुरा गर्नु छ भन्ने कबिताले उपस्थितलाइ भाबुक बनाएको थियो। 

सो कार्यक्रमका प्रमुख अथिति हेमन्त पैाडेलले सम्पुर्ण कार्य समितिको लिखित नामावली पढ्दै प्रवासमा नेपाली एक आयम थपिएको खुलस्त पारे। यु.ए.इ मा भएका ठक दलालहरूलाई निर्मुल पार्दै अग्रगमन तर्फ लम्कि रहनु भएका युवाहरूलाई हार्दिक बदाई दिदै बिशेष अथिति गैर आवासिय नेपाली संघ यु.ए.ई का अध्यक्ष श्री चन्द्र रोकाहले अग्रगमन आर्थिक क्रान्ति तिर डो-याउनको लागी युवा बर्गको भुमिका अति महत्व साथै युवाहरू उर्जाशिल भएकाले प्रवासमा नै भए पनि शिप र साधनको प्रयोग गर्दै तमाम समस्याहरूको हल गरी छिट्टै सम्पुर्ण युवाहरूको ढुकढुकी बन्न सकोस् भन्दै नयाँ कार्य कालको अग्रिम शुभ कामना दिएका थिए । 

मन्तब्यको क्रममा नेपाली युवा मन्च यु.ए.ई का सल्लाहकार तथा युवा नेता भिम श्रेष्ठले हामी युवा क्रान्तिका पक्षधर हैा, क्रान्ति युवामा मात्र संभब छ भन्दै एकीकृत माओवादीको निति नियम र एजेन्डामा हाम्रो युवा दस्ता चल्ने र नेपालमा आर्थिक क्रान्ति र समग्र देशको परिबर्तनको लागी हामी प्रवासबाट नै भए पनि संगठित भइ पार्टीको बिचार र लक्ष्यलाइ निरन्तरता दिनु गर्ने बताए। पार्टी आर्थिक क्रान्ति तिर लम्केको र यसलाइ छिट्टै उत्पादन व्युरो खडा गरी उत्पादन संघर्षमा जाने र हामिले यहाँ प्रबासमा आर्जन गरेका ज्ञान,शिप र कला कैाशल र कमाएको २/४ पैशा नेपालमा निर्धुक्क पु्र्वक लगानी गर्न लगानी मैत्री बाताबरणको लागी दबाब शिर्जना गर्न संगठित हुनु परेको बताउदै,हामी कमाण्ड र कन्ट्रोलमा चल्छैा र चलाउछैां। 

अब ति बुडा र झरेका पंहेला पातहरूको दिन गन्ति शुरू भएको हस्यपद कथनी गरे। सो सभामा अथितिको रूपमा बोल्दै नेपाली जन प्रगतिशिल मन्च यु.ए.ई का उपाध्यक्ष कृष्ण भाटले बैदेशिक रोजगारीका मुख्य समस्या भनेको मानब तस्बर हो भन्दै हाम्रो युवा दस्ता यस्ता बिकृति र बिसंगतीको भण्डाफोर गर्दै अधि बड्न खोलिएको र प्रवासको हकमा विशुद्द सामाजिक काम गर्ने राजनितिक संगठन हो, यसमा दुइ मत नहुन आग्रह गर्दै सबै प्रवासी नेपालीहरूलाइ सुरक्षा र न्याय दिलाउने हाम्रो दाहित्व हुनेमा जोड दिए। बिश्व कम्युनिष्ट पार्टीमा आधारित भएकोले हाम्रो युवा दस्ता कहिल्यै अस्ताउदैन भन्दै नेपाली जन प्रगतिशिल मन्च यु.ए.ई क्षेत्रिय उपाध्यक्ष पुष्प कार्कीले हाम्रो यस युवा दस्ता वाइ.सि.एल एक अंग भएको बताए। 


यस्तै उक्त सभामा अथितिको रूपमा उपस्थित भएका नेपाली जन प्रगतिशिल मन्च यु.ए.ई क्षेत्रिय अध्यक्षहरू,नेपाल पत्रकार महासंघ यु.ए.इ का अध्यक्ष श्री अर्जुन दाहाल ले मन्तब्यको क्रममा अभियान समयरत भएको र आगामी दिनहरूमा यु.ए.इ मा भएका बिभिन्न खाले समस्याहरूको समाधान गर्ने बाताबरण श्रृजना गरोस् भन्दै कार्यकालको शुभ कामना तथा बदाइ दिएका थिए। कार्यक्रमका संगठनको उदेश्यमा प्रकाश पार्दै मंच का अध्यक्ष लक्ष्मण लामिछाने मानब बेचबिखनमा जो नेपालबाट अन्य देशमा नेपाली बिभिन्न बाहनामा निर्यात गर्न पल्केका ठगहरू छन ति तमाम फटाहा र दलालहरुलाइ कानुनी दायरामा ल्याइ बैदेशिक रोजगारीमा हुनु हुने सम्पुर्ण हामी जस्तै नेपाली दाजुभाइ दिदीबहिनिहरू लाइ सुरक्षा र न्याय दिने अभिभारा हाम्रो दस्ताको हुनेछ। 

जनसंबिधान लेखनमा संबिधान सभाबाटै पहिचान सहितको संबिधान जारी गर्न उसले देखाएको त्याग,बलिदानी मध्यनजर गर्दा फेरी पनि राष्ट्र र जनताको हितको लागी एनेकपा माहोबादी उत्तम भएकोले आर्थिक क्रान्तिको अभियान्ता एकीकृत माओवादी आगामी संबिधान सभाको चुनाबमा बिदेशबाट पनि सक्दो सहयोग गर्नु यो संगठनको उदेश्यमा प्रस्ट्याए। भेलाले लक्ष्मण लामिछानेको नेतृत्वमा ३५ सदस्यीय "नेपाली युवा मन्च यु.ए.इ" तदर्थ समिति चयन गरेको छ, जसमा क्रमश:उपाध्यक्ष निशान्त थापा,गोपाल थापा र खेम गुरूङ ,महासचिबमा निर्मल शर्मा,कोषाध्यक्षमा गिर बहादुर बि.क रहेका छन्। 


भने सदस्यहरूमा क्रमश गणेश थापा,लेख बि.क, रमेश रोकाहा,टेकलाल खनाल,मनिश गुरूङ,मित्रलाल कर्णन,भुपेन्द्र राइ,उत्तम अधिकारी,पन्च तमाङ,यज्ञमुर्ति खनाल,भोजराज ढुंगाना,दिल कुमार महर्जन,प्रेम ब. बस्नेत,अनिल अधिकारी,रामबाबु न्यैायाने,बासुदेब आचार्य,राम थापा,पबिन्द्र राइ,राजु क्षेत्री, सुरेन्द्रचन्द्र सुबेदी,भुपेन्द्र खनाल,नरेन्द्र योन्जन छन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com