विजय थापा : अमेरिका ,जुन ४ ,गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेसन गत मे २५ र २६ तरिखं सम्पन्न भएको छ । यस पटकको अधिवेसन बिगत बर्षको भन्दा पृथक रुपमा सम्पन्न गरिएको छ । समुद्घाटनको अवसरमा अधक्ष्य प्रल्हाद केसीले आफ्नो मन्तब्य राख्दै आफुले एन आर एन लाई गरेको योगदान बारेमा चर्चा गर्दै त्यहि समयमा आफुले गैर आवाशीय संघको आगामी नेपालमा हुने सम्मेलनमा उपाधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
अधक्ष्य केसीले उम्मेदवारीको घोषणा गरे पश्च्यात उपस्थित एन आर एन संग सम्बन्धित व्यक्तित्वहरु र अरु संघ तथा संस्थाहरुले अनुमोदन गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्दता गरेका छन् । यसरी अनुमोदन र सहयोग गर्ने मन्तब्य व्यक्त गर्नेहरुमा क्रमस एन आर एन अमेरिका संचालक समितिले पूर्ण सहयोग गर्ने बचन बद्दता दिएको छ भने अब अमेरिकाले पनि नेतृत्व लिनु पर्छ भन्दै समर्थन गर्ने भएको छ । यसै गरि जापानबाट पाल्नु भएका एन आर एन का पुर्व अधक्ष्य तथा प्रमुख संरक्षक देव मान हिराचनले पनि मन्तब्य व्यक्त गर्दै अमेरिकामा नेतृत्व लिने ब्यक्त्तित्वहरु भएकोले केसीको उम्मेदवारी सहि समयमा आएकोले आफु सकारात्मक रहेको अभिव्यक्ति दिएका छन् ।

यसै गरि एन आर एन आई सी सी पुर्व महासचिब तथा वर्तमान सल्लाहकार रतन झा ले केसीको उमेद्वारी प्रति पूर्णसहयोग गर्ने बिचार व्यक्त गर्दै आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर नछोड्ने बिचार राख्नु भएको थियो । एन आर एन का अर्का सल्लाहकार डा अम्बिका अधिकारीले केसी योग्य व्यक्ति र एन आर एन अमेरिकालाई धेरै माथि पुर्याएको देखिएकोले हामीले सहयोग गर्नु पर्ने बिचार राखेका थिए । क्यानाडाबाट पाल्नु भएकी गैर आवाशीय संघ ,आई सी सी कि महिला संयोजक राधा बस्नेतले महिला सम्बन्धि केहि कुरा उठाउदै प्रल्हाद केसीको उम्मेदवारीलाई सहयोग गर्ने बताएकी छिन् ।
एन आर एन का आई सी सी का क्षेत्रीय संयोजक मुकेश सिंहले यो हाम्रो गौरब को कुरा हो र अमेरिकाले यो पदमा उम्मेदवारी दिनु उचित छ भने सक्ने सहयोग गर्ने जनाएका छन् । संचार कर्मी तथा एन आर एन का उप क्षेत्रीय प्रमुख राम चन्द्र खरेलले आगामी स्विटज़रल्याण्डमा हुने गैर आवशीय संघको सम्मेलनमा निमंत्रना दिदै प्रल्हाद केसीले दिएको उमेद्वार प्रति खुशी व्यक्त गर्दै आफुले सहयोग गर्ने मन्तब्य राखेका थिए भने उत्तर अमेरिका कै राष्ट्रिय स्तरको सबै भन्दा पुरानो संस्था ए एन ए का अधक्ष्य छेवांग शेर्पलामाले केसीको उम्मेदवारीलाई अनुमोदन गर्दै समर्थन जनाउनु भएको थियो ।
उपाधक्ष्यका प्रत्याशी केसीले सबै संग परामर्श लिएको र यस्ता हस्ती र समाजका प्रतिष्ठित व्यक्तित्वहरुले गरेको अनुमोदन तथा समर्थनले आफु उत्साहित भएको भन्दै आफुले एन आर एन आई सी सी मा काम गर्ने मौका पाए धेरै कुराहरु गर्नु पर्ने छ भन्दै खुशी व्यक्त गरेका छन् ।