साहित्यकार उषा शेरचनको पुस्तक तेश्रो रंग अमेरिकामा विमोचित with video...

भर्जिनिया अमेरिका जेठ २३,

विजय थापा : अमेरिका ,जुन ४ तारिख ,वाशिंगटन डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली समुदाय साझा चमेना गृह घर ए कवाबमा साहित्यकार उषा शेरचन द्वारा हालसालै प्रकाशित भएको कथा संग्रह ''तेश्रो रंग ''पुस्तकको बिमोचन अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले गर्नु भयो  आफ्नो निजि भ्रमणमा अमेरिका पाल्नु भएकी उषा शेरचनलाई डिसी महानगर क्षेत्रका साहित्य प्रेमी तथा शुभ चिन्तकहरुले एक सम्मान कार्यक्रमको आयोजना गर्दै उक्त अवसरमा वहाको पुस्तक पनि बिमोचन गरिएको छ  

पुस्तक बिमोचनको साथै वाशिंगटन डिसी महानगर क्षेत्र वरीपरि बसोबास गर्नु हुने साहित्यकार तथा कविहरुले कविता वाचन पनि गर्न भ्याएका थिए र उक्त कार्यक्रममा कतार दोहाबाट आउनु भएका उद्यमी आर के शर्मा ,उद्यमी कर्ण शाक्य ,वरिस्ठ कलाकार सन्तोष पन्त ,संचार कर्मी रवि लामिछाने र अन्यले पनि मन्तब्य राखेका थिए  कार्यक्रममा अतिथिहरुलाई महामहिम राजदूत डा शंकर प्रसाद शर्माले कवियत्री उषा शेरचन ,कर्ण शाक्य ,आर के शर्मा तथा गिनिज पुस्तकमा नाम लेखाउनु भएका रवि लामिछानेलाई खादा ओढाई स्वागत गर्नु भएको थियो  

कार्यक्रमको प्रयोजन गर्ने नेपाल बिश्व सेवाका प्रमुख संचारकर्मी राम चन्द्र खरेलले प्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्मालाई खादा ओढाई स्वागत गर्नु भएको थियो  स्वागत मन्तब्य ब्यबसायी लोकनाथ तिवारीले गर्नु भएको थियो भने कार्यक्रम संचालक संचारकर्मी तथा साहित्यकार गोविन्द गिरि प्रेरणाले गर्नु भएको थियो भने धन्यबाद ज्ञापन पनि गिरिले नै गरेका थिए lर कार्यक्रममा संक्षेपमा कवियत्रीको परिचय कबि हेमन्त श्रेष्ठले गरेका थिए  मन्तब्य राख्नेहरुमा क्रमस महामहिम राजदूतले हर्ष व्यक्त गर्दै शुभकामना दिदै डिसी क्षेत्रमा पनि थुप्रै पुस्तक बिमोचन भएको जानकारी गराउनु भएको थियो  

मन्तब्य कै क्रममा दोहाबाट आउनु भएका उद्यमी आर के शर्माले हर्ष व्यक्त गर्दै कतारमा आफुले १० बर्ष गदै ब्यबसाय गर्दा त्यहाका मानिसले नेपालीहरुपनि अभियन्ता अर्थात् इन्जीनीयर हुन्छन भनि सोचेको प्रसंग उल्लेख गर्दै खाडी मुलुकमा नेपालीहरु मजदूरको लागि मात्र आउने भएकोले यस्तो सोचेको होला भन्नु हुदै अमेरिकाको उदाहरण दिदै नेपालमा मालिक हुने बितिकै शोषक हुने आरोप लाग्ने कुराको उल्लेख गर्नु भएको थियो  रवि लामिछानेले पनि साहित्य बिदालाई छुदै उषा शेरचनद्वारा लिखित पुस्तक बिधुतिय संजालमा आए पाठक लाई पढन सक्ने हुनाले सुझाब राख्नु भएको थियो  

कविता वाचन गर्नेहरुमा बाल कबि लोकेश तिवारीले आमा प्रति समर्पित कविता वाचन गरेका थिए  कबि र कबियत्रिहरुमा प्रकाश नेपाल , बसन्त श्रेष्ठ ,हेमन्त श्रेष्ठ ,गोविन्द गिरि , हरि घिमिरे ,रवि लामिछाने ,गोपाल रेग्मी ,मंजु निरौला , बासु श्रेष्ठ ,लोकनाथ तिवारी ,प्रेम संग्रौला ,होमनाथ सुबेदी ,सीता पाण्डे हुनु हुन्थ्यो  मन्तब्य व्यक्त गर्नेहरुमा वरिस्ठ हास्य कलाकार सन्तोष पन्तले पनि अमेरिकामा एउटा चलचित्रको लागि आएको जानकारी दिदै एउटा मुक्तक पनि भन्नु भएको थियो भने उद्यमी कर्ण शाक्यको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो  

प्रजातन्त्र आए पछि नेपालमा भन्दा विदेश प्रजातन्त्र लागेको प्रसंग भन्दै धेरै संघ तथा संस्था जन्मेको उल्लेख गर्नु भएको थियो  उद्यमी कर्ण शाक्यले आफ्नो ब्यबसायको उन्नति र आफुले लिएको अडान कथा सुनाउनु भएको थियोl जुन मानिसको जरा हुदैन त्यसको पहिचान हुदैन र बाचेर कुनै अर्थ हुदैन भन्नु भएको थियो  पुस्तकबारे समिक्षा साहित्यकार लोकनाथ तिवारीले गर्नु भएको थियो  अन्त्यमा कवियत्री उषा शेरचनले सबैलाई धन्यबाद दिदै आफु कविता सुन्न नै आएको भन्दै आफु कविता या मुक्तक भन्न नचाहेको भनेता पनि सबैको अनुरोधमा मुक्तक वाचन गर्नु भएको थियो भने अमेरिकामा धेरै अतीतका मित्रहरु भेट्न सकेको उल्लेख गर्दै जीवन पनि बृहत ढाचा हो भन्दै कतिखेर कहाँ को संग भेट हुने हो भन्दै आफ्नो ३५ बर्ष अगाडिको मित्र भेटेको उल्लेख गर्नु भयो। 

आफुले अमेरिकाको भ्रमण ४- ५ पटक गरेको र कहिले पनि अमेरिकाको ब्यस्त जीवनमा रमाएका साथीहरु लाई नबिथोल्ने सोच भएकोले साहित्यलाई कहिले लिएर नहिडेको तर आज मौका पाएकोमा हर्ष व्यक्त गर्नु भएको थियो  विमोचित पुस्तक तेश्रो रंग रत्न पुस्तक भण्डारको ईतिहासमा पहिलो पटक बिधुतिय संजालबाट बेच बिखन गर्ने सौभाग्य पाएकोमा गर्ब गर्दै सबैलाई पुस्तक पढन आग्रह गर्नु भएको थियो  उक्त कार्यक्रममा उद्योगपति डि बि शेरचन ,संचारकर्मीहरु तथा अमेरिका नेपाल सोसाइटीका पुर्व अधक्ष्य खेम भट्टचनको उपस्थिति रहको थियो 

=== Video....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com