भर्जिनिया अमेरिका जेठ १९,
विजय थापा : वाशिंगटन डिसी ,जुन १ तारिख ,अमेरिका नेपाल महिला संघ ,बृहत वाशिंगटनको आयोजनामा डिसी महानगर क्षेत्रको मनासस स्थित एक ईसाई मन्दिरको एक आगनमा आज यार्ड सेल (आँगन बिक्रि ) को आयोजना गरेको छ ।
उक्त प्राङ्गढ बिक्रि आन्वाले नियमित रुपमा बर्षको दुई पटक गर्ने गरेको जानकारी संस्थाकी अधक्ष्य बिष्णु कुमारी थापाले दिईन भने यो कार्यक्रमको मुख्य रुपमा संयोजकको भूमिका निर्वाह गर्ने समिति सदस्य सरला पाण्डेले जे जति बिक्रि भए पनि यो पैसाले समाज सेवा गर्ने हो भनेकी छिन् । यसै गरि समिति सदश्य भवानी शर्माले पनि नेपालका लागि केहि गर्ने हो भन्दै कार्यक्रममा आफु सहभागी हुन् पाउदा हर्ष लागेको बताईन भने अर्की सदश्य शारदा सिंह खातीले मानव सेवा ठुलो धर्म हो र समाज सेवा भन्दा अरु ठुलो नहुने बताईन ।
बिक्रि गर्नको लागि बिभिन्न शुभ चिन्तक ,सदश्यहरुले बिभिन्न जिनिसहरु उपलब्ध गराएका थिए भने र खरिद गर्ने मानिसहरुपनि नेपाली सजावटका समानहरु चाख पुर्वक अवलोकन गरेका थिए भने सबै प्रकारका समानहरु बिक्रीको लागि राखिएको थियो र न्युनतम दरमा बिक्रि गरिएको थियो । पुर्व अधक्ष्य माधवी कार्कीले बर्षमा दुई पटक गरिन्छ र उठेको केहि रकमले नेपालमा रहेका गरिव र जेहन्दार बिद्यार्थीहरुको लागि छात्र वृति प्रदान गरिने जानकारी दिएकी छिन् lउक्त आँगन बिक्रि कार्यक्रम बिहान ८ बजे देखि दिउसो २ बजे सम्म राखिएको थियो ।
===>> Video.........
===>> Video.........