बहराईन मा दलित सेवा समाज गठन I

 बहराईन जेष्ठ १९ ,

नारायण रपाल विश्वाकर्मा : नेपाली समाजमा जरो गाडेर रहेको जातिय छुवाछुत प्रथालाई उल्मूलन गर्ने उदेश्य सहित संसार भरी छरिएर रहेका दलित समुदायका नेपालीहरुसँग एकता र सहकार्य गरी स्वदेस तथा बिदेसमा रहेका दलित समुदायमा सहकार्यगर्ने गरि दलित सेवा समाज बहराइन गठन गरिएको छ।

नेपालको संबिधानमा जातिय छुवाछुत प्रथाको अन्त्य भएको भए पनि समाजमा जरो गाडेर रहेको जातिय छुवाछुत प्रथाले जकडिएर रहेका कथित जातिय रुपमा पछाडि पारीएका दलित समुदाय हरु एकजुट हुने क्रम मा बहराईनमा ''दलित सेवा समाज '' तदर्थ समिती गठन गरिएको छ।

संसार भरी छरिएर रहेका दलित समुदायका नेपालीहरुसँग एकता र सहकार्य गरी स्वदेस तथा बिदेसमा रहेका दलित समुदायमा आईपरी आउने बिभिन्न समस्याहरुलाई निराकरण गर्न पहल गर्ने,जातिय उत्थानको लागि सामाजिक जनचेतनाको बिकास गर्न पहल गर्ने,दलित समुदायका हक र अधिकार प्रती जनचेतना जगाउने ,जातियता क आधारमा हुने भेदभाब बिरुद्धमा भएका बिभिन्न संघर्षका कार्यक्रमहरुलाई नैतीक,आर्थिक तथा भौतिक सहयोगको पहल गर्ने,देस बिदेस मा दलित समुदायका हक हित र अधिकारका पहल गर्न स्थापित बिभिन्न संघ सस्था लगाएत बहराईनमा स्थापित सामाजिक संघ सस्थाहरु सँग हातेमालो र सहकार्य गर्दै ''छुवाछुत मुक्त समाज निर्माणका लागि दलित एकता'' मुल नारा का साथ स्थापित ''दलित सेवा समाज बहराईन '' को तदर्थ कार्य समिती यसप्रकार रहेको छ।

अध्यक्ष       :- नारायण रपाल विश्वाकर्मा (मोरङ्ग)
प्रथम उपाध्यक्ष :- प्रेम सुनार (पर्बत)
उपाध्यक्ष :- तुल बहादुर किसान (म्याग्दी)
उपाध्यक्ष :- बिष्णु परीयार (प्रबत)
महासचिब :- रमेश परियार (बाग्लुङ)
सचिब :- राजन रपाल (मोरङ्ग)
स-सचिब :- मिलन परीयार (सिन्धुपाल्चोक)
कोषाध्यक्ष :- सोम बिक (बाग्लुङ)
स-कोषाध्यक्ष :- राम बिक (पर्बत)

सदस्य हरु :- बिशाल परीयार (बाग्लुङ),दिल कुमार बिक (सुनसरी),डम्बर बिक (पर्बत),पवन नेपाली (महेन्द्रनगर),सुजन रपाल (मोरङ्ग),जिबन सार्की (म्याग्दी),निर कुमार दर्जी (तेह्रथुम),मिन परीयार (बाग्लुङ), कृष्ण परीयार (रोल्पा),रबी परीयार (बाग्लुङ),जितेन्द्र परीयार (सिन्धुली), होमा परीयार (स्याङ्जा), कासिराम बिक (बाग्लुङ), गम बहादुर बिक (स्याङ्जा)रहनु भएको छ । तेसैगरी
प्रमुख सल्लाहाकार :- पूर्ण बिक (ईलाम)
बारीष्ठ सल्लाहाकार :- रत्न ठटाल (ओखलढुगा)
बिशेष सल्लाहाकार :- ईन्द्र बहादुर बिक (कास्की)
सल्लाहाकार :- शिवलाल बिक (ईलामा)
सल्लाहाकार :- राम बहादुर खाती (झापा)
सल्लाहाकार :- मान बहादुर परीयार (मोरङ्ग)
सल्लाहाकार :- कुमार परीयार (बाग्लुङ)

रहनु भएको छ । चाडै नै सस्था को बिधान पारीत गरी नेपाली क्लब बहराईन मा दर्ता गर्ने , नेपालमा दलित आयोग तथा दलित गैह्रसरकारी माहासंघमा समेत आबद्ध हुने र छिटै बिशेष भेला बोलाई पूर्ण कार्यसमिती चयन गरिने जानकारी गरिएको छ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com