भर्जिनिया अमेरिका जेष्ठ ३१,
विजय थापा : न्यु ह्याम्प्सायर ,अमेरिका ,जुन १२ ,युनाइ टेड किरात राई संघको आयोजनामा गरिएको साकेला उत्सब -२०१३ न्यु इंग्ल्यान्डमा सम्पन भएको छ ।
क्त कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने उक्त साकेला उत्सव आफ्नो संस्कृति तथा कलालाई बिदेशी माटोमा पनि सम्बर्धन र प्रबर्धन गर्ने उदेश्यले आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख आतिथ्यको आसान गर्नु हुने गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाका अधक्ष्य प्रलाह्द केसीले मन्तब्य ब्यक्त गर्दै अमेरिका भरि ३० वटा भन्दा बढ्ता संघ तथा संस्थासंग एन आर एन अमेरिका मिलेर सहकार्य गर्ने सम्झौता गरि सकेको जानकारी गराएका थिए ।
एन आर एन अमेरिका एक्लै कदम नबढाई सबै संघ तथा संस्थालाई मिलाएर र काधमा काँध मिलाएर हिड्ने उदेश्य रहेको मन्तब्य राख्दै हामी सबैले नेपाल र नेपालीको हितको लागि काम गर्ने वातावरण बनाउनु पर्छ भन्दै एन आर एन अमेरिकाको तर्फबाट आयोजकलाई धन्यबाद ज्ञापन दिएका थिए । यसै गरि एक अधक्ष्य केसीले भर्खरै बाणिज्य दूतमा ओहदाको पदभार लिनु हुने सान डिएगो क्यालिफोर्नियाका लागि बाणिज्य दुत ऋषि ढकाललाई बधाई दिदै उत्तर उत्तर प्रगतिको कामना दिएका छन् ।