तक्मे बुढा र रिदम फिल्म इज़रायल आइपुगी सके ।


तेलअभिव इज़रायल जेष्ठ ३१,

नारीदर्पण : तक्मे बुढा (विल्सन बिक्रम राइ) इज़रायलमा आइसक्नु भएको छ । गए रात अबेर इज़रायल भूमी टेकेका तक्मे बुढालाई स्वागतार्थ संस्थाका महासचिव बिबस खापुङ्ग लगायतका सहकर्मी एयरपोर्टमा पुग्नु भएको थियो । इज़रायल भूमीका लागि यो विल्सन विक्रमको दोस्रो औं पटक हो । नेपाली हास्य व्यंग्यात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तक्मे बुढा छोटो समयमै  थुप्रै देशहरुमा दर्शक हसाउन पुगिसक्नु भएको छ ।   

किरात यक्थुङ्ग चुम्लुङ्ग नेपाल इज़रायलको आयोजनामा भब्य रुपमा आज (जुन १४ तारिक २०१३ शुक्रबार) हुन गइरहेको  तक्मे बुढाको दमदार हास्य प्रस्तुति र साथमा राष्ट्र भावले ओत प्रोत सफल नेपाली कथानक चलचित्र रिदम फिल्म प्रदर्शनको अन्तिम तयारी भईसकेको छ ।  

पूर्ण नेपाली पनमा बनेको चलचित्र रिदम राजधानी तथा मोफसलका विभिन्न हलहरुमा ५१ औं दिन मनाउन सफल प्रदिप दाहालको निर्माण र विकाश आचार्यद्वारा निर्देशित उक्त फिल्ममा लोकप्रिय हाँस्य कलाकार तक्मे वुढोको मुख्य भूमिका रहेको छ । शारिरीक रुपमा अपाङ्ग भएका व्यक्तिहरु र अनाथ वालवालिकाहरु प्रमुख कथावस्तुलाई अत्यन्तै मार्मिक ढंगले प्रस्तूत भएको उक्त चलचित्रले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको पनि मन छुन सफल रिदम फिल्मलाइ अहिले इज़रायलमा प्रदर्शनीको अन्तिम चरणमा छ ।


किरात याक्थुङ चुम्लुङ, नेपालइजरायलका प्रमुख सल्लाहकार जीतमान चोङवाङको संयोजकत्वमा इजरायलमा प्रदर्शन हुन गइऱहेको उक्त चलचित्रबाट हुने आम्दानी नेपालको कुनै अपांग तथा अनाथ वालवालिकाहरुलाई सहयोग गरिने लक्ष्य लिइएको किरात याक्थुङ चुम्लुङ, नेपालइजरायलका महासचिव विवश खापुङ सुमनले  जानकारी दिए ।

चलिचत्र प्रदर्शन पूर्व लोकप्रिय हास्य कलाकार तक्मे  वुढोको मनोरञ्जनपूर्ण प्रस्तूती समेत रहने भएकोले कार्यक्रमबाट दर्शकहरुले भरपूर मनोरञ्जन लिन सक्ने विश्वास आयोजकले लिएका छन् । गत बर्ष वडा दशै अवसर पारेर आयोजना गरिएको नमस्ते नेपाल साँझ २०१२ मा जोडदार प्रस्तूती दिएका तक्मे वुढोको लोकप्रियता वढ्दै गएपछी आयोजकले पुन तक्मे  वुढोलाई र उनले अभिनय गरेको चलचित्र रिदमको प्रदर्शन गर्न लागेको हो ।

१४ जुन शुक्रवार साँझ ७:३० बजेको समय निर्धारण गरिएको उक्त चलचित्र हेर्न इच्छुकहरुको सुविधाको लागि तेलअभिवको लेबेन्सिक  पार्कबाट कार्यक्रम स्थल सम्मकोलागि निशुल्क यातायातको समेत व्यवस्था गरिएको छ ।

टिकटको लागि सम्पर्क :
विवश खापुङ सुमन – 0545409639
जीतमान चोङवाङ—0549730155
प्रताब  मादेन-0546650013


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com