कार्यक्रम साझा सवाल भाग- Sajha Sawal Episode 293



चुनावका लागि भनेर गैरदलीय सरकार बनेको ३ महिना पछि बल्ल चुनावको मिति त घोषणा भयो तर मंसिर ४ मै चुनाव हुन्छ भन्नेमा अझै कतिले शंका व्यक्त पनि गर्छन् । राजधानीमा चुनावको मिति घोषणा त भयो तर मतदाता चुनावप्रति कति उत्साही छन् त? मंसिर ४ मा हुने भनिएको संविधानसभाको अर्को चुनावमा तपाईं भोट हाल्नुहुन्छ कि हुन्न? चुनावप्रति मतदाताको उत्साह बुझ्न राजधानीको स्टुडियोमा करिव ५० जना मतदाताहरुको बीचमा चुनाव गर्नु पर्छ भन्ने मध्येको एउटा दल एनेकपा माओवादीका नेता लिलामणि पोख्रेल र पाका पत्रकार आदित्यमान श्रेष्ठ हुनुहुन्छ । सहभागीहरुको अघिल्लो लहरमा चुनाव गराउन हुन्न मधेशी जनअधिकार फोरमका महासचिव राम सहाय यादव पनि हुनुहुन्छ । यो साझा सवालमा हामी भिडियो सम्पर्कमार्फत् विराटनगर र चितवनका मतदाताको पनि चुनावी माहौलबारे जानकारी लिनेछौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com