गाविसको विकास सम्बन्धी सार्वजनिक सुनुवाई I

भण्डारा । पूर्वी चितवनको भण्डारा गाविसमा आज स्थानीय निकायलाई प्राप्त अनुदान रकम खर्चको पुनरावलोकन तथा समुदायको संलग्नता सवे र् क्षण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

 असार ९,

स्थानीय साशन तथा उत्तरदायी संयन्त्र हेटौडाको सहयोगमा महिला सघन विकास केन्द्र खैरहनीले आयोजना गरेको सो कार्यक्रममा गाविसले विकास निर्माण र समुदायको विकासमा गरेका कामहरुको विषयमा सवाल जवाफ गरिएको थियो । कार्यक्रममा सहभागि सर ोकारवालाहरुले गाविसले पूर्वधार विकासमा बजेट विनियोजन नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे का थिए । 

कार्यक्रममा नागरिक वडा मञ्चका संयो जक हेम प्रसाद कँडेल, थारु संग्रहालय भण्डार ाका अध्यक्ष जनु चौधरी,आईपीएम कृषक पाठशालाका प्रतिनिधि भवनाथ त्रिपाठी, स्थानीय महेश थपलिया,शिशिर मिजार लगायतले बजेट विनियोजन गरेर पनि गर्न नसकेका कामहरुको विषयमा गाविस सचिवलाई प्रश्न गरेका थिए । गाउँवासीको समस्या र उनीहरुको प्रश्न सुनिसके पछि गाविस सचिव तीर्थराज घिमिरेले हरेक बर्ष गाविसले बजेट विनियोजन गर्दा सडक,कृषि,खाने पानी र शिक्षालाई प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएकाले संका नगर्न आग्रह गर्नुभयो । 

उहाँले ग्रमीण क्षेत्रको विकासको लागि गर्नु पर्ने असिमित काम हरु रहेको र बजेट सिमित भएकाले बजेटको सन्तुलन मिलाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । कार्यक्रममा एकीकृत नेकपा माओवादी भण्डार ा गाउँ कमिटीका सचिव जगत कुँवर, नेपाली कांग्रेस भण्डारा गाउँ सभापति नारायण प्रसाद उप्रेती,नेकपा एमाले भण्डारा गाउँ कमिटी अध्यक्ष फडिन्द्रराज पाठक,नेकपा–माओ वादीका गाँउ कमिटी उपाध्यक्ष सुधीर गौतम, र ाप्रापा भण्डारा गाउँ कमिटी अध्यक्ष धर्मराज डल्लाकोटी,भण्डारा स्वास्थ्य चौकीका प्रतिनिधि र ाजेन्द्र घायल,,केन्द्रकी सचिव शान्ति चौधरी, श्रोत व्यक्ति सुमिता डल्लाकोटी लगायतले वो ल्नु भएका थियो । महिला सघन विकास केन्द्रकी अध्यक्ष सुनिता थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक चन्द्रा चापागाईले कार्यक्रमको उद्देश्यका वारेमा जानकारी गराउनु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com