काठमाण्डौ जेठ १९,
करिब १ सयवटा चलचित्रमा अभिनय गरिसकेकी नायिका झरना थापाले ती चलचित्रमा प्रायः सबै प्रकारका भूमिका निर्वाह गरिसकेकी छिन्। यति हुँदाहुँदै पनि उनी सन्तुष्ट हुन सकेकी छैनन्। उनी अझै नयाँ भूमिकाको खोजीमा छिन्।
झरना भन्छिन् 'म एक्सन लेडीका रूपमा प्रस्तुत हुन चाहन्छु। दर्शकले मलाई प्रायः प्रेमिका र बुहारीका रूपमा देख्नुभएको छ, केही फरक होस् भनेर म एक्सन भूमिकामा आउन चाहेकी हुँ।' पि्रयंका कार्कीलाई साइको थि्रलर चलचित्रमा अभिनय गर्ने चाहना छ। पि्रयंका भन्छिन्— 'मलाई चेतन र अचेतनबीचको चरित्र निर्वाह गर्न मन छ।'
बिनिता बराल साधारण युवती तथा प्रेमिकाको भूमिका निर्वाह गर्न चाहन्छिन्। नायक सविन श्रेष्ठ भने 'सुट आउट एट बडाला' का जोन अब्राहमको जस्तो पृथक् भूमिकाका प्रस्तुत हुन चाहन्छन्। नेपाली 'बडीगार्ड' का नायक आकाश विक्रम शाह भने शारीरिक रूपमा अशक्त व्यक्तिको भूमिका निर्वाह गर्ने चाहना छ।