सद्भावना प्रवेश गर्दै कोमल ओली I

काठमाण्डौ असार १५,

नेपाली राजनीति क्षेत्र नै अस्तव्यस्त भइरहेको समयमा नेपाली कलाकारहरुको त्यसतर्फको आकर्षण भने बढ्दो क्रममा रहेको छ । केही समय अघि नायिका रेखा थापाले एमाओवादीमा प्रवेश गरेर राजनीति मार्फत जनताको घर दैलोमा पुगेर सेवा गर्ने बताएकी थिइन् ।

यही क्रममा अब गायिका ताथ नायिका कोमल वली पनि पर्ने भएकी छिन् । उनी कहिले प्रवेश गर्छिन् त्यो मिति तय भइनसकेको बताइन्छ । कोमलले मधेशी नेता राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी हुन् । यसको बारेमा उक्त पार्टीको नेताहरुसँग छलफल भइरहेको उनले बताएकी छिन् ।

केही समय अगाडि पार्टी खोल्ने बताएकी कोमलले गृहजिल्ला दाङबाटै प्रत्यक्ष चुनाव लड्ने सोच रहेको खुलासा गरेकी छिन् । यतिखेर उनी सद्भावना पार्टीको विधान, घोषणा पत्र, दस्तावेज अध्ययन गरिरहेको बताउँछिन् । कोमल वलीले हालै 'राजनीति' नामक फिल्मको पनि छायांकन सकेकी छिन् । यस फिल्ममा उनले नेतृको भूमिका निर्वाह गरेकी छिन् ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com