चितवनका एम्बुलेन्स मापदण्ड बिपरीत भाडा मनलाग्दी चलकलाई कमिसन I

चितवन २२ जेठ,

राधेश्याम खतिवडा : चितवन जिल्लामा रहेका अधिकांस एम्बुलेन्स मापदण्ड विपरित सचालनमा आएकाछन् । संचालनमा आएका एम्बुलेन्स भित्र हुनुपर्ने न्युनतमा सामाग्र ी समेत रहेको पाइदैन । अन्य सामान्य सवारी साधन झै विरामी वोक्दै आएका देखिन्छन् । जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्नका लागि प्र मुख जिल्ला अधिकारीको संयोजकत्वमा भरतपुर अस्पतालका मेडिकल सुपरिडे न्डेट,जिल्ला प्रहरी कार्यालयका प्रमुख,जिल्ला रेडक्रसका सचिव र जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख सदस्य सचिव रहनेगरी एम्बुलेन्स सेवा सञ्चालन समिति वनेको हुन्छ । 

समितीले एम्बुलेन्स खरिद प्रकृया देखि सञ्चालन अवस्थाको अनुगमन सम्मको काम गर्दै आएको जिल्ला जनस्वस्थ कार्यालयका प्रमुख केहरसिं गोदरले बताए । जिल्लामा रहेको एम्बुलेन्स सेवा संचालन समिति मार्फत खरिद अनुमतीको लागि १ सय १९ वटा निवेदन सिफारीस गरेर पठाएको देखिन्छ । समिति मार्फत जिल्लामा सञ्चालन हुदै आएको भन्ने जानकारी पाए पछि ८२ वटालाई एम्वुलेन्स सेवा प्रदायकहरुलाई आफनो सञ्चालन क्षेत्र र व्यवस्थापनको वारेमा जानकारी गराउन पत्राचार समेत गरेको छ । त्यसको तथ्याक रहने जिल्ला जनस्वास्थ कार्यालयमा अहिले ६७ वटाले मात्र विवरण बुझाएको प्रमुख गोदरले बताए । 

१ सय १९ वटालाई सिफारीस गरेको मध्ये ६७ वटा मात्र सञ्चालनमा रहेका जानकारी पाए पछि बाकी ५२ वटाको विवरण खोज्ने काम भइरहेको उनले बताए । चितवनमा रहेका सवै एम्वुलेन्स ग वर्गका हुन् । बर्गीय हिसावले ३ वर्गका मध्ये क र ख का एम्वुलेन्स चितवनमा छैनन् । एम्बुलेन्स सेवा सञ्चालन नीति २०६० अनुसार ग वर्गमा सामान्य जिवन सहयोगी सहित सामान्य विरामीलाई ओसार पसार गर्ने सवार ी साधनको रुपमा लिइएको छ । ग वर्गका एम्बुलेन्सले गम्भिर प्रकृतिका विरामी वोक्न पाउने छैनन । तर मेडिकल सिटिको रुपमा परिचत गराउदै आएका जिल्लाका यति धेरै अस्पताल सञ्चालक हरुले सामान्य एम्बुलेन्सको भर मै अस्पतालमा गम्भीर प्रकृतीका विरामी वोक्दै आएका छन् । 

सेवा दिन कठिनाइ भएकै कारण क र ख वर्गका एम्वुलेन्स जिल्ला भित्रीएका छैनन । जसो तसो काम चालाउने नाममा जिल्लाका ठुला अस्पतालले पनि ग वर्गकै एम्बुलेन्समा विरामी वोकी रहेकोमा सार ोकारवालाहरुले गुनासो गरेकाछन् । संचालनमा आएका एम्बुलेन्स भित्र हुनुपर्ने न्युनतमा सामाग्री समेत रहेको पाइदैन । अन्य सामान्य सवारी साधन झै विरामी वोक्दै आएका देखिन्छन् । ग वर्गको एम्वुलेन्समा प्राथामिक उपचारका सामाग्री अनिवार्य छ । साथै अक्सिजन सिलिन्डर र आवश्यक पर्दा विरामीलाई अक्सिजन चलाउन सक्ने सामाग्रीको व्यवस्था एम्बुलेन्स भित्र हुनुपर्ने व्यवस्था नीतीमा उल्लेख छ । 

विरामीलाई आबश्यक परेको अवस्थामा आई भि ईन्जेक्सन दिन सक्ने व्यवस्था हुन सञ्चालनमा आएका ग श्रेणीका एम्बुलेन्समा अनिवार्य छ । तर चितवनका अधिकांस एम्बुलेन्समा यो सुविधा छैन । विरामीको वि पी परिक्षण गर्ने साधन,लगाएत स्थेसस्कोप र त्यही अनुसारको टचलाईट लगाएतका समाग्रीहरुको व्यवस्था एम्वुलेन्समा हुन जरु री छ । जिल्लामा उम्बुलेनस चलकहरुले पालना गर्नुपर्ने आचारसहिता पनि बनाइएको छ तर नीति अनुसारको सामान र त्यसको प्रयोगसंग केन्द्रीत आचारसहिता पालना नगरिएको सोवाग्राहीहरुको गुनासो छ । 

नेपाल सरकारको स्वस्थ्य सेवा अन्तर्गत एम्वुलेन्स सेवा दक्ष एवम् प्रभावकारी स्वस्थ्य से वाको एउटा अगं भएको तथ्यलाई स्विकारगरी अत्यावस्किय एम्वुलेन्स से वा सञ्चालन नीति २०६० अन्तर्गत चितवन जिल्लामा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सरकारी एवम् गैर सरकारी सामाजिक संघ सस्थाहरु, अस्पतालहरु लगायत सम्पुर्ण एम्बुलेन्स सेवा प्रदायक निकायहरुले सेवा व्यववस्थित तथा मर्यादित ढंगवाट सु सञ्चालनको लागी भन्दै आचारसहिता समेत निर्माण गरी कार्यान्वयनमा ल्याएको नेपाल रेडक्रस सोसाईटी चिवननका प्रतिनिधी जगन्नाथ न्यौपानेले बताए । भरपर्दो अनुगमन हुन नसकेका कारण आचार सहिता पालना नभएको न्यौ पाने स्विकार्छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com