दुबई २२ जेष्ठ,
निमकन्त पाण्डे : साउदी अरबको रियाद स्थित नेपाली दुताबासमा ५ स्वयंसेवकहरु आममाफी खुलेदेखि नै पिडित नेपालीहरुलाई सहयोग गर्नका निम्ति नेपाली जनप्रगतिशील मंच साउदीका तर्फबाट निरन्तर उपस्थितरहि सहयोग गरिरहेका छन तर आज भने उक्तटोलि उपस्थित नरहेको मञ्चका अध्यक्ष नरेन्द्र छन्त्यालले बताउनु भयो।
उहाँले स्काईप फोन मार्फत दिएको जानकारी अनुसार बिबिध कारणबस आज नगएपनि भोलि देखि फेरि जाने जानकारी दिनु भयो।
साउदी अरबमा खुलेको आममाफी र दुताबासको भूमिका बारे जानकारी लिन खोज्दा उहाँले भन्नु भयो साउदीमा आममाफीको सुरुवात सगै विभिन्न संघ संस्थाहरुले विभिन्न क्षेत्रमा र नेपाली जनप्रगतिशील मञ्चले रियाद दुताबासमा निकै सह्रानीय कार्य सगै सहयोगी भूमिका खेलेता पनि दुताबासका उच्चपदस्थ ब्याक्तिहरुलाई खासै यसको महत्त्व नरहेको उहाको बुझाईमा छ।
धेरै नेपालीहरु एयरपोर्टबाट फर्किसक्दा पनि नेपाली दुताबासका कुटनीतिज्ञहरु कुनै सम्बन्धित ठाउहरुमा देखानपर्नु र पिडितको लागि कुनै पहल नगरिनु राजदुताबासको कमजोरी देखिएको उहाले बताउनु भयो।
रियादको सुमेइसी स्थित जवाजातमा इन्डियन, इजिप्सन, फिलिपिन्स र अन्य देशका दुताबासका पर्तिनिधिहरु धाइरहेको देखिन्छ तर नेपाली दुताबासका प्रतिनिधिहरु भने अफिस भित्र कसरि बसिरहेका छन हामीले देखिरहेका छौ। दुताबास आउने हर पिडित नेपालीहरुलाई तपाइको काम हुन्छ हामी पहल गर्छौं मात्र भन्नु हुन्छ केहि गरेको देखिएको छैन। उहाले भन्नु भयो,अहिले म बिबादास्पत कुरा गर्न चाहन्न तर भनेजस्तो कुनै काम केहि पनि भएको छैन यस्तो गतिविधिले त नेपालीहरु झनै अलपत्र पर्ने जस्तो अबस्था आउला भन्न नसकिने हामी स्वायम सेबकहरु लाईलागइरहेको छ ।
यो आममाफीको अबसरमा आफू-आफू लड्ने समय नभई सक्दो सहयोग पुर्याउने हो त्यसैले अहिलेलाई यति भनौ पूर्ण समिक्षा अन्त्यमा गरौला।
किन र के कारणले एयरपोर्टबाट नेपालीहरु फर्काइएका छन त भन्ने प्रश्नको उत्तरमा उहाले भन्नु भयो दुताबासले पनि किन भन्ने पूर्णजानकारी पाएको छैन खोजि गरेपो पाउनु तर पनि बुझाई अनुसार कसैलाई १० दिन पछी जाउ भनेकोमा पहिल्यै गएकोले फिर्ता गरेछ भने कसैको अन्य कारण तर उहाले कारण खुलाउन चाहनु भएन।
यस्तो अबसरबाट फाईदा लिने नेपाली दलालहरु निकै मन्टो उठाएका छन भने विदेशीले पनि मौकाको फाईदा लिईरहेका छन भन्ने पिडितहरुले बताईरहेका छन। हामीले स्वयम् सेबक भई दुताबासमा काम गर्दा धरै बुझ्ने मौका पाएका छौ। आम मफिबाट नेपाल जान पाएको खण्डमा यकिन भन्न नसकिएता पनि मोटामटी ४० हजार नेपालीहरुले राहत पाउने जानकारी गराउनु भयो।
