काठमाण्डौ जेठ २८,
अबैध सम्पत्ति आर्जन गरेको अभियोक लागेका परशुराम भनिने कृष्ण बस्नेतले बिशेष अदालतले मागेको दुइ करोड रुपैंया धरौटी बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको छ । अदालतले मागेको क्रम बुझाउन नसकेपछि बस्नेतलाई केंद्द्रिया कारागार चलान गरिएको हो ।
बस्नेत र उनको श्रीमती हिजो अदालतमा उपस्थित बिशेष अदालतका अध्यक्ष केदार प्रसाद चालिसे तथा सदस्यहरु मोहन रमण भट्टराइ र भुपेन्द्र प्रसाद राइको संयुक्त इजालासमा पेस गरियको थियो । अभियुक्त परशुरामले आफुले आफ्नो जायजेथा धरौटी निबेदन आएको बिशेष अदालतका रजिस्ट्रार धिर बहादुर चन्दले जानकारी दिए ।
अदालतले परशुराम बस्नेतकि श्रीमती अन्जुसिंह बस्नेतलाई भने साधारण तारिखमा रिहा गरेको छ । सम्पत्ति शुद्धिकरण अनुसधान विभागले परशुराम लगायत पांच जना डन बिरुद्ध बैशाख ५ गत्ते बिशेष अदालतमा बुद्धा दायर गरेको थियो ।