मापदण्ड विपरित संचालित निजि अस्पतालहरुलाई कारवाही गर्ने तयारी I

काठमाण्डौ जेष्ठ २४,

राजेन्द्र आचार्य : रत्ननगर अस्पताल प्रालिले नाम फेरिपछि मात्र सो अस्पताललाई नविकरणको अनुमति पाउने लोकतन्त्र सन्देश समाचार प्रभाव भरतपुर । मेडिकल सिटिको रुपमा विकसित भइरहेको चितवनमा मापदण्ड विपरित संचालित निजि अस्पतालहरुलाई कारवाही गर्ने तयारी शुरु हुने भएको छ । 

गएको जेठ १४ गते विभिन्न सञ्चार माध्यमबाट एकसाथ प्रकाशित प्रसारण गरेको समाचारको प्रभावका कारण जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ति अस्पताललाई कार्वाही गर्न कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद ढकालले जानकारी दिए । मापदण्ड विपरित संचालित निजि अस्पतालहरुको अनुगमन कारवाही तथा नियन्त्रण नहुंदा सेवाग्राहीहरु मर्कामा परेको भन्ने समाचार प्रकाशित भएको थियो । समाचार प्रभावकै कारण यही २६ गते आईतबार पूर्वी चितवनको रत्ननगर अस्पताल प्रा.लिबाट अनुगमन शुरु गरिने कार्यालयका प्रमुख केहर सिहं गोदारले जानकारी दिए । 

यो सगै रत्ननगरमा रहेको एक मात्र सरकारी अस्पताल रत्ननगर बकुल्लहर अस्पतालसगै नाम जुदाएका कारण धेरै विरामीहरुलाई मर्का पादेै आएको थियो । यो समस्यालाई मध्येनजर गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले नाम फेरिपछि मात्र सो अस्पताललाई नविकरणको अनुमति जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद ढकालले जानकारी दिए । यो सगै निजि अस्पताल सगै पूर्वी भेगको खैरहनी गाविसमा रहेको पवन अस्पताल, खैरहनीकै परोपकार अस्पताल को स्विकृत मिति सकिए पनि नविकरण नगरि सेवा दिईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले सौर्य दैनिकलाई जानकारी गराएको थियो । 

यस्तै भरतपुरमा रहेको ओएसीस मेडिकल कलेज र नेशनल आखा अस्पताल पनि दर्ता भएको तथ्याङ्गक कार्यालयमा नभएको वताएको थियो । यि बाहेक अन्य धेरैजसो अस्पताल मापदण्ड विपिरित सञ्चालित भएपनि विशेष गरेर दुई ठुल्ला चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेसलाईजानकारी दिए । साथै ति अस्पतालहरुले अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेको, स्वीकृत शैयाभन्दा बढी शैया राखेर अस्पताल सञ्चालन गरेको, शुल्क तालिका नराखेको थिएनन्.। 

उनले स्वीकृत मापदण्ड पुरा गर्न निजि तथा गैर सरकाकारी स्वास्थ्य संस्था स्थापना,संञ्चालित नीति मापदण्ड एवं पूर्वधार निर्देशिका २०६१ लाई पालन गर्न भनि अनुमति लिए पनि ति कार्वाहीका लागी स्पष्ट निति नहुदा समस्या भएको वताईएको थियो । ती अस्पतालले वातावरण्ँ प्रभाव मुल्याकंन नगर्राई भौतिक संरचना निर्माण्ँ, सामाजिक उत्तरदायित्व अन्र्तर्गत निर्वाह गर्नुपर्ने सेवासमेत र्सवसाधारण्ँलाई नदिएको विरामीहरुको गुनासोलाई समेत अनुगमनमा विशेष निगरानि गरिने भएको छ । 

हरेक अस्पतालहरुले गरिब तथा असाहयका लागि दिनुपर्ने स्वास्थ्य सेवा सम्बन्धि सुविधाको तथ्यांक कुनै पनि अस्पतालमा छैन्, अस्पताल सञ्चालनमा तत्काललाई रोक लगाउन स्पष्ट कानुन नहुदा समस्या भएको बारेमा समेत जानकारी लिईने भएको छ । चितवनमा भरतपुर नगरपालिका क्षेत्रमा दुई सरकारी अस्पताल सहित २४ वटा अपस्ताल र रत्ननगरमा एक सरकारी ,२ वटा निजि र खैरहनी, माडी र चनौलीमा गरि ११ वटा गरि ३५ वटा अस्पताला सञ्चालनमा रहेका छन् । 

१५ शैया सम्म अस्पताललाई क्षेत्रिय निर्देशनालयले , १५ देखि ५० सम्म स्वास्थ्य सेवा विभागले र ५१ देखिका अस्पताल स्वास्थय मन्त्रालयले अनुगमन गर्ने कानुनी प्रावधान रहेको छ । तर पनि ग्रामिण क्षेत्रका विरामीको मर्कालाई मध्येनजर गर्दै अनुगमन सगै कार्वाही गरिने कार्यालयले जनाएको छ । यि अस्पतालहरु दÔ जनशक्ति, ल्याव टेक्निसियन, फिजिसियन र अनिवार्य रुपमा हुनुपर्ने एमडिजिपि चिकित्सक समेत प्रायः छैन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com