न्युयोर्क आशाड ०१
आगामी जुलाई ४ देखी ६ सम्म न्युयोर्कमा हुन लागेको ३१ औं ए एन ए सम्मेलनको अन्तीम तयारीमा आयोजकहरु जुटेका छन् ।
३१ औं ए एन ए सम्मेलन आयोजक समितीका संचार संयोजक सूर्य थापाका अनुसार सम्मेलनको धेरै जसो तयारी पुरा भएको बताउदै आफुहरु अन्तीम तयारीमा रहेको जनाएका छन् । ३१ औं ए एन ए सम्मेलन सफल पार्नका लागि ब्यवसायी समिर मर्हजनको संयोजकत्वमा बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई समेटेर मुल आयोजक समिती गठन गरिएको थियो । यस पटकको सम्मेलन बिगतका भन्दा फरक र ऐतिहासीक बनाउने उद्धेश्यका साथ संयोजक महर्जन नेतृत्वको आयोजक समिती लागिपरीरहेको आयोजकहरुले बताएका छन् ।
सम्मेलनलाई थप उपलब्धीमुलक बनाउनका लागि केहि समय अगाडि मात्र संयोजक महर्जन नेपलमा पुग्नु भएको थियो । नेपालका लागि ३१ औं ए एन ए सम्मेलन भन्ने मुल नारा लिएको यस पटकको सम्मेलनमा अर्थमन्त्री शंकर कोइरालाको प्रमुख आतिथ्यता रहने छ भने नेपालका लागि अमेरिकन राजदुत पिटर बोडे समेत बिषेश अतिथीको रुपमा भाग लिने आयोजकहरुले बताएका छन् ।
३१औं ए एन ए सम्मेलनमा अमेरिका र क्यानडाका बिभिन्न क्षेत्रका नेपालीहरुका साथै यस पटकको सम्मेलनमा नेपालबाट समेत सहभागीहरु आउन लागेका छन् । सम्मेलनमा भाग लिनको लागि नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा बिभिन्न क्षेत्रका ब्यवसायीहरु सम्मीलित टोली आउन लागेको छ ।
घर जग्गा खरिद बिक्री, बैंक, हाइड्रो पावर जस्ता ब्यवसायीहरु सम्मीलित टोलिले सम्मेलनमा आफ्नो स्टल समेत राख्न लागेको आयोजकहरुले बताएका छन् । ३१ औं ए एन ए सम्मेलनमा आर्थिक क्षेत्रका साथै नेपालको सास्कृतिक क्षेत्रको समेत बिषेश प्रस्तुती रहने जनाइएको छ । यस पटकको सम्मेलनमा करिब एक दशक पछि चर्चित हास्य कलाकार मह जोडिको प्रस्तुती हुने भएको छ । फरक र नयां प्रस्तुती लिएर अमेरिका आउन लागेको मह जोडिले जुलाई ४ र ६ तारिखको सांझ ए एन ए सम्मेलनमा आफ्नो प्रस्तुती देखाउने भएका छन् ।
जम्मा एक हप्ताको बसाईको लागि अमेरिका आउन लागेका मह जोडिले यस पटक ए एन ए सम्मेलनमा मात्र आफ्नो प्रस्तुती देखाएर नेपाल फर्कन लागेको जनाईएको छ । नेपालका सबै क्षेत्रको सांस्कृतिक तथा भौगोलिक पहिचान झल्कने गरि शुरु हुने ३१ औं ए एन ए सम्मेलनमा बिभिन्न सांस्कृतिक प्रस्तुतीका साथै अमेरिकामा रहेका नेपाली कलाकारहरुको बिषेश प्रस्तुती हुने जनाइएको छ । पहिलो पटक ए एन ए सम्मेलनमा प्रत्येक दिन साहित्यीक कार्यक्रमहरु समेत गरिन लागेको सम्मेलमा उत्तर अमेरिका साहित्यीक प्रतिस्ठान र अन्तराष्ट्रिय नेपाली साहित्य समाजले बिभिन्न खालका साहित्यक कार्यक्रमहरु गर्ने जनाइएको छ ।
तीन दिन सम्म चल्ने बिभिन्न फोरममा यस पटकको ए एन ए सम्मेलनमा नयां पुस्ता देखी पुराना पुस्ताहरुलाई समेटीन लागको पनि आयोजकहरुले जनाएका छन् ।
फोरम ंसंयोजक छेवागं शेर्पा लामाका अनुसार यस पटकको सम्मेलनमा नयां पुस्ता र पुराना पुस्तालाई समेटिएको मिस अन्डरस्टुड जस्ता फोरमका साथै महिला फोरम, एजुकेशन फोरम, पोलिटिक्स सम्बन्धी, कानुन सम्बन्धी, नेपालको बिकास सम्बन्धी बिभिन्न खालका फोरमहरु राखीएको छ । सम्मेलनमा सगरमाथा आरोहिका लागि बिषेश सम्मान कार्यक्रम समेत गरिने भएको छ । सगमारथा आरोहीहरुलाई सम्मान गर्नका लागि सगरमाथा आरोहि पत्रकार आङछिरीङ शेर्पाको नेतृत्वमा एक समिती समेत गठन भइसकेको छ । साथै ३१ औं ए एन ए सम्मेलनमा बालबालिकाहरुलाई समेटेर बिभिन्न खालका ज्ञान दिने खालका तथा मनोरञ्नात्मक खालका कार्यक्रमहरु समेत समेटिएको छ ।
बाल बालिकाको क्षेत्रमा लामो समय सम्म काम गरेका बिज्ञहरुको टोलीले तयार पारेको बाल बालिका सम्बन्धी कार्यक्रम ऐतिहासीक हुने आयोजकहरुको दाबी छ । सम्मेलनमा खेलकुद क्षेत्रमा पनि अमेरिकाको बिभिन्न राज्यमा रहेका नेपालीहरुले भाग लिएका छन् । वांग्ला लामाको संयोजकत्वमा रहेको खेलकुद समितीले न्युयोर्कका बिभिन्न स्थानमा खेल प्रस्तुत गर्ने जनाइएको छ । सम्मेलन आयोजक समितीले न्युयोर्क भन्दा बाहिर बाट न्युयोर्क शहरमा आउन लागेका पाहुनाहरुका लागि न्युयोर्क शहर घुमाउने कार्यक्रम समेत बनाएको छ ।
बिजय सिंहको नेतृत्वमा रहेको टोलीले सम्मेलन अवधीभर र सम्मेलन सकिएको भोली पल्ट जुलाई ७ तारीखका दिन लिमोजिनमा न्युर्याेकका पर्यटकिय क्षेत्र घुमाउनका साथै हेलीकप्टरमा न्युयोर्क घुमाउने कार्यक्रम समेत राखेको छ ।
लिमोजिन तथा हेलिकप्टरमा साविकको रेट भन्दा छुटमा घुमाउने ब्यवस्था रहेको पनि आयोकहरुले जनाएका छन् । ३१ औं ए एन ए सम्मेलन आउन करिब दुई हप्ता मात्र बांकी रहेको भए पनि कार्यक्रम हुने होटेलको ९० प्रतिशत कोठा बुक भइसकेको जनाइएको छ । हिल्टन वेस्टचेष्टरको रे बु्रकमा हुन लागेको कार्यक्रममा भाग लिनको लागि न्युयोर्कमा रहेका दर्शकहरुको लागि प्रत्येक घण्टा गाडि आउने जाने ब्यवस्था रहेको पनि आयोजकहरुले जनाएका छन् । यातायात ब्यवस्थापन तथा जनसम्पर्कको जिम्मेवारी सम्हालेका केशब राईका अनुसार कार्यक्रम अवधीभर ज्याक्सनहाइट्सको ७६ स्ट्रीटबाट कार्यक्रम स्थल र कार्यक्रम स्थलबाट ज्याक्सनहाईट्स सम्म गाडि चल्ने छ ।
सुर्य थापा संचार संयोजक ,
३१ औ ए एन ए सम्मेलन