शीकारिको गोलि लागि बाह्र बर्षीय बालिकाको मृत्यु I

तेह्रथुम जेष्ठ २४,

तेह्रथुमको पौंठाक–६ मा सिकार खेल्न निस्किएका श्रीजु गाविस–४ का १५ वर्षीय सूर्य लिम्बूले चलाएको भरुवा बन्दुकले लागेर १२ वर्षीय लक्ष्मी लिम्बूको मृत्यु भएको छ। जङ्गली जनावरलाई ताकेर उनले चलाएको भरुवा बन्दुकको गोली लागेर लक्ष्मीको मृत्यु भएको हो।

भरुवा बन्दुक चलाउने लिम्बूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको प्रहरी नायब निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com