पत्रकारिता तालिम शुरु I

कावासोती जेठ २७,

 रमेश बस्ताकोटी : रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जको आयोजनामा आजदेखि १० दिने आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिम कावासोतीमा शुरु भएको छ । तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले तालिमले सहभागीहरुमा आत्मबिश्वास बढाउने भन्दैं छोटो अबधीलाई भरपुर उपयोग गर्न सहभागीहरुलाई सुझाव दिएका थिए ।

उनिहरुले तालिम भनेको बाटो देखाउने माध्ययम मात्र भएकाले आफु कसरी अगाडी बढ्ने भन्ने कुरा सहभागीहरुमा निर्भर रहने बताएका थिए । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका उपाध्यक्ष घनश्याम बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जका स्टेशन म्यानेजर रमेश बस्ताकोटीले सहभागीहरुलाइृ स्वागत गर्दे तालिमको उदेश्यका बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जका महासचिव कुल प्रसाद भुषाल , कोषाध्यक्ष प्रेम बहादुर राना , सदस्य खगीसरा गुरुङ्ग, सल्लाहकार यमकला बस्याल लगायतको सहभागीता रहेको थियो । कार्यक्रम रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जका अध्यक्ष भोजराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com