अविरल बर्षात बैसको मृत्यु लाखौँ धनमालको क्ष्यति I

काठमाण्डौ असार ५,

 नारीदर्पण : अविरल बर्षातका कारण देश भरमा अहिले सम्म २२ जनाको मृत्यु भैसकेको छ भने बीस जना भन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार वादी र पहिरोमा परि दैलेखमा सात बैतडीमा चार अछाम मा दुइ, कन्चनपुरमा दुइ, बाजुरामा, रोल्पा र रुपन्देहीमा एक-एक जना गरि अठार जनाको मृत्यु भैसकेको छ । 

त्यस्तै बझाङ्ग र डडेल्धुरामा पनि एकएक जनाको मृत्यु भएको स्रोतले जनाएको छ । मुस्ताङ्ग र कपिलबस्तुमा आएको वाडि र पहिरोमा परि दुइ जनाको मृत्यु भएको छ ।बर्शात्कै कारण कालिकोटमा पहिरोमा परि तेह्र जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त वाढी र पहिरोले सैयौं घरहरु बगाएको छ भने लाखौँ को धनमाल नष्ट भएको छ ।

यस्तै दैलेखको खर्क वडा गाविसमा वादी समुदायको पच्चीस गाह्र डुवानमा परेको छ ।  दैलेखकी बुङ्गचिमा अठ्ठाइस ओटा घर पहिरोको जोखिममा परेको स्रोतले जनाएको छ । ग्रामिण भेगका कैयौं घरहरु अझैं पहिरोको जोखिममा रहेका छन भने nadi आसपासमा वाधिको त्रास अहिले पनि उस्तै छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com