वाढी पीडित क्षेत्रलाई पचास करोड बिनियोजन I

काठमाण्डौ असार ७,

 नारीदर्पण : मन्त्रि परिसदका अध्यक्ष खिलराज रेग्मेले हिजो वाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नु भयो । सो क्रममा अध्यक्ष सहितको रेग्मीको टोलीले हिजो दार्चुला, कैलाली र कन्चनपुरका विभिन्न क्षेत्रको निरीक्षण गर्यो । 

उच्च स्तरिय भ्रमण टोलीले वाढी पहिरोले क्ष्यति पुर्याएको ठाउँमा पुनः निर्माणको लागि पचास करोड रुपैया बिनियोजन गर्ने घोषणा गरेको छ । यसैगरी वाढी बाट बिस्थापित भएका परिवारलाई जनही पैतीस हजार रुपिया नगद तत्काल उपलब्ध गराउने निर्णय समेत गरेको छ । 

मन्त्रि परिसदका अध्यक्ष रेग्मी सहितका मन्त्रीहरुको उच्च स्तरिय टोलीले दार्चुला स्थित वाढी प्रभावित क्षेत्रमा पुगी वाढी पहिरो बाट पुगेको क्ष्यति एबम उद्धार र राहत तत्काल उपलब्ध गर्ने कार्य  बारे जानकारी लिएका हतिय । यसै क्रममा वाढी बाट सबै भन्दा बढी प्रभावित क्षेत्र दार्चुलाको सदरमुकाम स्थित कटान भएको क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष रेग्मीले पीडित परिवारलाई सरकारले तुरुन्तै सहयोग गर्ने बताउनु भयो । 

त्यस बखत स्थानिय वासिन्दाहरुले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु पर्ने, विस्थापितलाई पुरास्थापित गर्नु पर्ने र तटबन्द निर्वार्ना गर्नु पर्ने जस्ता माग हरु गरेका थिए ।   

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com