सुनको मुल्यमा आश्चार्यजनक गिरावट I

काठमाण्डौ असार ७,

राजधानीमा सुनको बिक्री आश्चार्यजनक रुपले घटेको छ । सुन चादी व्यवशायी संधले दैनिक तोकेएको मुल्य भन्दा प्रतितोला ३ हजार भन्दा बढीमा अनौपचारिक बजारमा किनबेच हुने सुनको आश्चार्यजनक रुपले कारोवारमा कमी आएको छ ।

एक साता भन्दा बढी समयसम्म सुन खरीद गर्ने नभेटिएपछि बिहिवार बैकको दर भन्दा सय रुपैया कम दरमै सुन काठमाडौको बजारमा पाउन थालेको छ । सम्बद्ध व्यवशायीका अनुसार तर पनि किन्ने ग्राहक कोही छैनन । ग्राहक आउन छाडेपछि दैनिक मध्यराती चढने बैकको व्याज घटाउन व्यवशायीहरुले बैकको दरभन्दा सय रुपैया कममा सुन बिक्री गर्न चाहेका हुन ।

यसैबीच सुन चाँदी व्यवशायीहरुले विभिन्न माग राख्दै व्यपार बन्द गरेकोले पनि कारोवारमा थप मन्दी आएको बताइन्छ । भारत र चीन दुवै देशका व्यवशायीहरुले सुन हाल किनेर राख्नु भंयकर घाटा हुनसक्ने प्रक्षेपण गरेपछि त्यसको असर नेपाली बजारमा समेत परेको बताइन्छ । डलर बढनेक्रम जारी रहेसगै सुनमा ठूला गिरावट आउने अनुमान गरिएको छ । साताको अन्तिम दिन शुक्रवार कारोवार बन्द हुन बेलासम्म सुनको मुल्यमा ठूला गिरावटको शुरुवात हुनसक्ने अनुमान विश्व बजारमा गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com