शिविरमा सेवा लिने पुरुष भन्दा महिला बढि I

चितवन २८ जेठ,

राधेश्याम खतिवडा : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा चलाएको घुम्ती शिविरमा से वालिनेमा पुरुष भन्दा महिला बढि भएकाछन् । ग्रामिण क्षेत्रका नागरिकलाई सहज रु पमा सरकारी सेवा उपलव्ध गराउने उद्देश्यले आयोजना गरिएको सवै प्रकारका सेवामा महिला नै अगाडी देखिएकाछन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले नागरिक्ता र मतदाता परिचय पत्र वनाउनका लागि मात्र जिल्लामा सात ठाउमा टोली खटाएको थियो । सवै सरकारी कार्यालयको सेवा सुविधा दिने उद्देश्यले १० स्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । दुवै प्रकारका शिविर मा सेवा लिनेमा महिलाको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय चितवनका सहयाक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएकाछन् । जिल्लाको ३६ वटा गाविस र दुई नगरपालीकाको केही क्षेत्रका वासिन्दालाई लक्षीत गरी अयोजना गरिएको शिविरमा सात प्रकारका सरकारी सेवा दिइएको थियो । 

जसमा नागरक्तिा वितर ण र मतदाता परिचय पत्र वितरणको लागि खटिएको टोलीले सात स्थानमा सेवा दिदा ६ हजार दुई सय ४५ जनाले नागरिक्ता लिएकाछन् । जसमा पुरुष दुई हजार तिन सय ४३ जना र महिला तिन हजार आठ सय ६८ जना रहेकाछन् । बंसजको आधारमा नागरक्तिा लिनेमा पनि महिला धेरै छन । जन्मको आधारमा ३४ जनाले नगरिक्ता लिएकाछन् । अपाङ्गता भएका हरुमा पनि महिलले नै वढि नागरिक्ता लिएकाछन् । २७ जना महिला र १७ जना पुरुष अपाङ्गता रहेका व्यक्तिहरुले नागरिक्ता लिएकाछन । 

६० बर्ष उमेर नाघेका ८२ जानाले नागरिक्ता लिएको गेलालले बताए । सोही टोलीले मतदाता परिचय पत्र बनाउने क्रममा पनि महिलाको संख्या धेरै रहे को छ । टोलीले आठ हजार ९२ जनाको मतदाता परिचय पत्रको फारम भर्ने र फोटो खिच्ने काम गरेको जिल्ला प्रशासन कार्यालयले उलव्ध गराएको तथ्याकमा रहेको छ । जसमा महिलाको संख्या चार हजार छ सय ६२ जना र पुरुषको संख्या तिन हजार चार सय ३० जना रहेकाछन् । 

यसैगरी जिल्लाको १० स्थानमा अयोजना गरेको एकिकृत घुम्ती शिविरमा तिन हजार ६ सय ७७ जनाले नागरिक्ता लिएका छन । त्यसमा पनि महिला नै अगाडी छन् । दुई हजार चार सय २४ जना महिला रहेकाछन् । सो शिविरमा नागरिक्ता वनाउने पुरुषको संख्या भने एक हजार दुई सय ५३ रहेको छ । सो शिविरमा मतदाता परिचय पत्र वनाउनेको संख्या दुई हजार छ सय ७२ जना रहेका छन । त्यसमा पनि महिला नै बढि छन । महिलाको संख्या एक हजार चार सय ९३ जना रहेको छ भने पुरुष एक हजार एक सय ७९ जना रहे काछन । 

जिल्ला प्रशासन कार्यालय सम्म आईपुग्न कठिनाई व्यहोर्नु पर्ने ग्रामिण क्षेत्रका नागरिकहरुले गाउमै सेवा पाएको र महिलालाई अझै सहज भएका कारण महिलाको संख्या बढि भएको सहायक प्रजिअ गेलालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनले २०७० बैशाख १६ गते जिल्लाको पहाडी गाविस कोराकको थाकलटारवाट शुरु गरे को शिविर जेठ २५ गते पहाडी गाविस काउलेमा गरेर सम्पन्न गरेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com