छिमेकी पुरुष सँग बोलेको भन्दै श्रीमानले हाले गुप्ताङ्गमा तेजाब I

  काठमाण्डौ असर १२,

छिमेकी पुरुषसँग बोलेकामा आफ्नो चरित्रमाथि लाञ्छना लगाउँदै कुटपिट गर्ने पति ४८ वर्षीय कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला गुप्ताङमा तेजाब हालेर फरार भएको पीडितले बताइन् । घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् ।

सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा सङ्कलन गरी युनिक अस्पतालमा भर्ना गरिदिएको र सो अस्पतालले सिफारिस गरेपछि मङ्गलबार अपराह्न अञ्चल अस्पताल भर्ना गरेको महिला अधिकारकर्मी बकधुवा गाविस–९ की कुसुम आचार्यले बताइन् ।

जेठी पत्नीले छाडेपछि कृष्णबहादुरले १३ वर्ष अघि बद्रीमायासँग बिहे गरेका थिए । बद्रीमायातर्फ ११ वर्षकी छोरी र पाँच वर्षको छोरा छन् । घटनाका बारेमा महुली प्रहरी चौकीमा उजुरी परेको र फरार कृष्णबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com