गजल : By, सनम गोले I



आकासमा उडे पनि धर्तिमा झर्नु पर्छ।
जत्ति लोभ गरे पनि एकदिन मर्नु पर्छ ।

मानवभै धर्तिमा जन्मेपछि हामी सबैले
गौतम बुध्दलेझैं ज्ञानको ज्योती छर्नु पर्छ।

धर्म कर्ममा ध्यान दिनु एकचित्त भै सधै
सेवागरी दिनदु:खीको बैतर्णि तर्नु पर्छ।

चोरी डकैती हत्याहिंसा कालो धन्दा हैन
संसारले मायागर्ने असल काम गर्नु पर्छ।

अहंकारी, दुराचारी बैरीभाव सबैत्यागी
एकहामी भन्ने मानासिकतामा सर्नु पर्छ।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com