चितवनमा काठ र २ वटा टयाक्टर पक्राउ I

चितवन जेष्ठ २४,

शिशिर सिंखडा : चोरी तस्करी गरी लादै गरेको अवस्थामा अन्दाजी २ सय ५० क्युफिट साजको काठ र २ वटा टयाक्टर गए राति चितवन पिठुवामा पक्राउ परेको छ ।

कालीका सामुदायीक वन उपभोक्ता समुह शक्तीखो र ९ न्युरेनीले पिठुवा ३ डुम्रीचोकमा बिक्रीको लागी लगीएको सो काठ इलाका  प्रहरी कार्यालय रत्ननगर चितवनले पक्राउ गरी गएराती नै जिल्ला प्रहरी कार्यलय चितवन पठाएको थियो ।

सो पक्राउ काठ र  ना ४ त ३५१६ तथा  ना ३ त ५१८२ नम्बरको टयाक्टरको  आवश्यक अनुशन्धानका लागी जिल्ला वन कार्यलय चितवनमा पठाइएको छ । पक्राउ  परेको काठ र टयाक्टरको  सम्वन्धमा   वन ऐ न अनुशार कारवाहि अघि बढाइने जिल्ला वन कार्यलय भरतपुर चितवनका  सहायक वन अधिकृत बिष्णु प्रशाद पौडेलले जानकारी दिनुभयो ।

सो पक्राउ काठको वजार मुल्य करीव ३ लाख ५० हजार रुपैया रहेको छ । पक्राउ टयाक्टरको चालक फरार र हेको इलाका प्रहरी कार्यालय रत्ननगरका इन्स्पेक्टर केदार पन्तले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com