जोहानेसवर्ग जेष्ठ २७,
नागरिक अधिकारवादी तथा क्रान्तिकारी नेता नेल्सन मण्डेलाको स्वास्थ्य सुधारको कामना गर्दै आइतबार दक्षिण अफ्रिकीहरूले गिर्जाघरहरूमा पार्थना गरेका छन् ।
मुलुकभर एक किसिमको सन्नाटा छाएको छ । देशवासीले कामना गरेका छन्- आफ्ना प्यारा नेता शक्ति प्राप्त गरी घर फर्किऊन् ।
फोक्सोमा संक्रमणका कारण शनिबार प्रेटोरिया अस्पताल भर्ना भएका मण्डेलाको स्थितिबारे नयाँ जानकारीको विश्वभर प्रतीक्षा गरिएको छ ।
दक्षिण अपि|mकी राष्ट्रपति कार्यालयको वेबसाइट खुल्न सकेको थिएन । अधिकारीहरूले शनिबारयता कुनै जानकारी दिएका छैनन् । शनिबार उनको स्वास्थ्य 'गम्भीर तर स्थिर' भएको बताइएको थियो । शनिबार उक्त जानकारी दिएका राष्ट्रपतिका प्रवक्ता म्याक महाराजले आइतबार आफूसँग थप कुनै सूचना नभएको जनाएका छन् ।
दिनानुदिन स्वास्थ्यस्थिति कमजोर बन्दै गएका ९४ वषर्ीय मण्डेला पछिल्लो समय पटक-पटक अस्पताल भर्ना भइरहेका छन् ।
उनी अस्पताल भर्ना भएपिच्छे विश्वभर उनको स्थितिमाथि चासो दिने गरिएको छ ।
प्रवक्ता महाराजले शनिबार मण्डेलाले चिकित्सकीय सहयोगबिनै आफैंले श्वास फेरिरहेको जानकारी दिएका थिए । अस्पतालमा मण्डेला पत्नी ग्राका माकेल साथै रहेको सीएनएनको वेबसाइटमा उल्लेख छ । उनी लन्डनमा शनिबार आयोजित 'हंगर समिट' मा सहभागी हुने
योजना छोडेर पतिका साथ अस्पताल बसेकी हुन् ।
सामाजिक सञ्जालहरूमा कयौंले मण्डेलाको स्वास्थ्यलाभ कामना गरेका छन् ।
तर यसैबीच, घोर-दक्षिणपन्थी बि्रटिश नेसनल पार्टी प्रमुख निक गि्रफिन मण्डेलामाथि ट्वीटरमा अमर्यादित टिप्पणी गरेका कारण ट्वीटर प्रयोगकर्ताको आक्रोशको तारो बनेका छन् । गि्रफिनले मण्डेलालाई 'हत्यारा आतंकवादी' भनेका थिए ।
मण्डेलाललाई २७ वर्षे जेल जीवनकै क्रममा रोब्बेन आइसल्यान्डमा रहँदा फोक्सोमा खराबी देखिएको थियो । गत वर्षको क्रिसमसताका पनि उनी फोक्सोमा
संक्रमणका कारण उपचाररत थिए ।
सन १९९० मा जेलमुक्त भएयता त्यतिबेला उनी सबैभन्दा लामो
समय अस्पताल बसेका थिए । सन् १९९३ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
दक्षिण अपि|mकी प्रजातन्त्रका पिता मानिने मण्डेला यस मुलुकका पहिलो अश्वेत राष्ट्रपति हुन् । रंगभेदी शासनविरुद्धको लामो संघर्षले उनलाई विश्वविख्यात बनाएको हो ।(एजेन्सी)