मुक्तक : By, मान थापा 'बुलन्द' I



जुनी भर उनिलाई मैले भुल्न सक्दिन
उन्लाई छोडि अर्को बागमा फुल्न सक्दिन
हिर्दयको पाना भरी उन्कै नाम लेखी सके
धरो धरम मनमा अरु हुल्न सक्दिन


कैले मायाको सागरमा चुर्लुम्बै डुबाउछे
प्यासी आत्मभरी मिठो आभासले छुवाउछे
एकै पल्मा के हुन्छ कुन्नी मेरी प्रियसिलाइ
सम्बन्ध तोड्छु भन्दै फेरी मलाई रुवाउछे

मान थापा 'बुलन्द'
बाग्लुङ गोल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com