दोस्रो चरणमा फेडेरर I

लन्डन असार ११,

डिफेन्डिङ च्याम्पियन रोजर फेडेरर विम्बल्डनको कीर्तिमानी आठौं उपाधि यात्राको पहिलो चरणमा सोमबार सफल भएका छन् । 

उनले ६९ मिनेटमा भिक्टोर हानेसुलाई पाखा लगाए । महिलातर्फ भिक्टोरिया अजारेन्का चोटपछि पनि खेलमा र्फकंदै दोस्रो चरणमा पुगिन् । फेडेररले सेन्ट्रल कोर्टमा ६-३, ६-२ र ६-० को जित हात पारे । 

दोस्रो वरीयताकी अजारेन्काले पोर्चुगलकी विश्व वरीयताको १ सय ६ नम्बरकी मारिया जोओ कोहलरलाई ६-१ र ६-२ ले पराजित गरिन् । इटालीकी पाँचांै वरीयताकी सारा इरानी भने प्रतियोगिताबाट बाहिरिइन् । उनलाई मानिका पुइगले ६-३ र ६-२ ले पाखा लगाइन् । 

स्पेनी खेलाडी राफेल नाडलले पनि विजयी सुरुआत गरे । उनले जर्मनीका जुलियन रेइस्टरलाई ६-३, ४-६, ७-६, ६-७ र ६-४ ले पराजित गरे । रुसी खेलाडी मारिया सारापोभा पनि दोस्रो चरणमा पुगिन् । उनले प|mान्सकी क्रिस्टिना मालाडेनोभिचलाई ७-६ र ६-३ ले पाखा लगाइन् ।(एएफपी) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com