कविता : By, तारा प्रसाद अधिकारी


__भावना :__

अस्ताको जून फर्किन देउ
पातको शीत तर्किन देउ

संसार भयो बिषालु घडा
अमृत छिटा छर्किन देउ

अधर मिठो नजर राम्रो
प्रेमको प्याला सर्किन देउ

सुन्दर शान्त पवित्र मन
कोमल मुटु चर्किन देउ

एकान्त कुनो अनौठो सोच
बदन तर्सि झर्किन देउ

_तारा प्रसाद अधिकारी
_दानाबारी गरुवा ईलाम

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com