गीत : By, दाजु गुरुङ


जीवन फूल्ने गोरेटोमा वुढी आमै भेटे
उनको निश्चल आँखा भित्र गाउ–घर देखे ।
हिउद जस्तो उनको मुहार हिऊ जस्तो केश
पोल्टा भरी माया थियो छाती भरी देश ।

सागर सरी उनको मन उचाई सगरमाथा
सुस्केरामा गाउनु हुन्थ्यो गाम्–घरको कथा
कञ्चन छैन तिम्रो हिमाल सुन्य भयो घर
पैहृो गयो चौतारीमा कस्ले रोप्ने वर ।

कोशेलीको कुम्लो माथि आँचलको छाँया
नयन भरी छल्की रा’थ्यो आफन्तको माया
साँध किल्ला हराई सके कति सहने घाऊ
अन्तरकरणले सोधिरहेछ कहिले फिर्ने गाँउ ।

जीवन फूल्ने गोरेटोमा वुढी आमै भेटे
उनको निश्चल आँखा भित्र गाउ–घर देखे ।

दाजु गुरुङ ,हङकङ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com