गज़ल : By, सनम गोले I



सराब तानेर बिग्रियो साथी।
राम्री छानेर बिग्रियो साथी ।

हुँदै नभएको सस्तो देखावटी
आडम्वर मानेर बिग्रियो साथी।

जे कुरामा नि घमण्डी देख्छु
धेरैनै जानेर बिग्रियो साथी।

कोहिछैन अरू म जस्तो भन्दै
महान ठानेर बिग्रियो साथी।

उद्रेको पाईन्ट कानामा मुन्द्रा
कपाल बानेर बिग्रियो साथी।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com