माया गर्ने चाहनाले दुखि बनायो मलाई ....
अतितको सम्झनाले दुखि बनायो मलाई ||
निष्ठुरिलाई मनमुटुमा बास दिएर मैले....
सजाएको सपनाले दुखि बनायो मलाई ||
रणमा परि शहिद भो यौटा देशभक्त ....
आज यस्तै घटनाले दुखि बनायो मलाई ||
शान्ति हरायो शोकमा पर्यो मेरो मातृभुमि ...
देशको यो बेदनाले दुखि बनायो मलाई ||
प्यारको हैन यौवनका मात्र प्यासी देख्छु सबै ...
मान्छेका यी भावनाले दुखि बनायो मलाई ||
जस्का खातिर सारा जिवन समर्पित गरे .....
उस्कै अप-हेलनाले दुखि बनायो मलाई ||
अनिल बन
बाग्लुङ :दगा तुम्डाडा
हाल :अबु धबी