तिमी मेरो जिन्दगीमा न आएको भए ।।
सायद पागल हुन्थें साथ न पाएको भए ।।
.
अँध्यारोमा थिएँ तिमी जून बनि छायौ
उजाड मेरो जिन्दगीमा बहार बनि आयौ
कसम तिमी जून बनि न छाएको भए ।।
सायद पागल हुन्थें साथ न पाएको भए ।।
.
सबै भन्दा खुशी छु म संसारमा आज
त्यहि खुशी बाँड्छु अचेल दुनियाको माझ
यदि तिम्ले चोखो माया न लाएको भए ।।
सायद पागल हुन्थें साथ न पाएको भए ।।
.
तिमी मेरो जिन्दगीमा न आएको भए ।।
सायद पागल हुन्थें साथ न पाएको भए ।।
सन्दीप ढकाल