गीत : By, पवित्रा रार्इ I



भुल रैछ माया, पराइलार्इ आफ्नो ठान्ने
स्वार्थी रैछ उहि,माया माया छोडि जाने

मायामा धोका हुन्छ, झुटो बाँचा बाँधेर
मायामा घात हुन्छ, झुठो कसम खाएर
बाँचा कसम खाइ,रैछन थोरैले निभाउने
स्वार्थी रैछ उहि माया,माया छोडि जाने

मान्छेमा बिश्वास छैन, कस्को भर पर्ने
मान्छेमा स्वभाव छैन, कस्को भर पर्ने
देखिन्न मुहारमा खै,कसरी बिश्वास गर्ने
स्वार्थी रैछ उहि माया,माया छोडि जाने

भुल रैछ माया, पराइलार्इ आफ्नो ठान्ने
स्वार्थी रैछ उहि,माया माया छोडि जाने

पवित्रा रार्इ
ओखल्ढुङ्गा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com