मायाको दियो ननिभ्ने गरी बालेर जाउ
यादको तेल पानस भरी हालेर जाउ
पगरी मेरो फूलले हैन प्रेमले सजाई
नयन भित्र आशुको मूल टालेर जाउ
भेटिन सक्छन चम्किला घर बाटामा धेरै
मनका मेरा शहर सबै चालेर जाउ
बचन दिदै बिस्वाश लिदै कसम खादै
बदनाम गर्ने रहर तिम्रा ढालेर जाउ
_______तारा प्रसाद अधिकारी
______दानाबारी [गरुवा ] ईलाम