आकाल मै मर्नु छैन प्रेमजालमा फसाएनी
मलाई रुन पारी गयौ सारा संसार हसाएनी!
मेरो जिबन दुर्गान्धित बनाएर छाडयौ तिमी
सुग्नु छैन मलाई अब तिमी जती बसाएनी!
दुखीलाई जती घात दिनु थियो दिइ सक्यौ
लाग्ने छैन तिम्रो बिस अब जती डसाएनी!
मेरा आसु मैले आँफै पुछ्न सक्छु तिमी बिना
चाहिदैन तिमी अब जती आँखा रसाएनी!
अनिल बन
बाग्लुङ:दगा तुम्डाँडा ५ देउराली
हाल:अबु धबी