गज़ल : By, साबित्रा लुइँटेल घिमिरे I



कती पुज्छौ ढुङ्गालाई भगवान सम्झेर
के दियो र हजुरलाई बरदान सम्झेर 

महाकाली उर्लिएर बिध्वंस नै मच्चायो
कल्पनामै डराए छु सुनसान सम्झेर 

एकापस झैँ झगडा अनि बन्द कति हो
थर्किन्छ यो मुटु मेरो हानाहान सम्झेर 

नहुँदा त बोलाएनन् हुँदा लाम सबैको
छक्क पर्छु पैसोको त्यो सम्मान सम्झेर 

राम आए श्याम आए हाल उस्तै देशको
दु:ख लाग्छ नेताका ती गुनगान सम्झेर 

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com