
गाउ बस्ती खोज्दै हिन्दा भेटे उन्लाई बजारमा
पुर्णिमाकी जुन जस्ती मेरी प्रियसी हजारमा
कहाँ थियौ आज सम्म लुकी किन बसेकी नि
समयको खेल आज परेयौ मेरो नजरमा
दलित ब्रमाण भनेर लेखिदैन निधारमा
ठुलो सानो जात भन्ने हुन्न मेरो बिचारमा
पाप बढ्यो जगतमा पुन्य कतै भेटिदैन
सच्चा मन्ले लाग्छु अब असायको उद्धारमा
मान थापा 'बुलन्द'
बाग्लुङ गलकोट
हाल काठमाडौं