दशधारा दुधको भारा , तिर्छु आमा अब ॥
प्रदेश छोडी आफ्नै देश , फिर्छु आमा अब ॥
प्रदेशको कमाईले खै , माखो मार्या हैन ,
तिम्रै साथमा डोको नाम्लो , भिर्छु आमा अब ॥
खरको छानो फेर्छु भनि , जन्म भुमी छोडे ,
सकीन भो त्यही घरमा , छिर्छु आमा अब ॥
जन्मे हुर्के त्यही माटोमा ,त्यही माटो प्यारो ,
दुःख शुख त्यही माटोमा , गिर्छु आमा अब ॥
दशधारा दुधको भारा , तिर्छु आमा अब ॥
प्रदेश छोडी आफ्नै देश , फिर्छु आमा अब ॥
आरके थापा ,
बोच दोलखा
हाल साउदी अरब