विजय थापा : वाशिंगटन डिसी ,मे १९ ,डिसी महानगर क्षेत्रको फल्स चर्च स्थित एक पुस्कालयमा उद्यमीहरुसंग 'उद्यमशिलता र भविश्य ''नामक बिषयमा अमेरिकाको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटी ,वाशिंगटन डिसीले एक अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ । सै कार्यक्रममा उद्यमी,समाज सेवी र बुद्धिजीवी राजिव मैनालीले आफ्ना माता पिताको नाममा' ए एन एस बिनोद तथा सावित्री उत्कृष्ठ बिद्यार्थी पुरस्कार' छात्रवृति बार्षिक रुपमा प्रदान गरिने घोषणा गरियो ।
उक्त पुरस्कारको प्रथम हुनेलाई $ दूई हजार डलर र दोश्रो हुने लाई $ एक हजार डलर दिइने जनाईएको छ । यो पुरस्कार बार्षिक रुपमा डिसी महानगर क्षेत्रका ११ र १२ कक्षा उतिर्ण भएका बिद्यार्थीहरुको लागि प्रदान गरिने जानकारी दिदै अमेरिका नेपाल समाज समिति र मैनाली परिवार आपसमा बसी समिति निर्माण गरि छिट्टै संचार माध्यमलाई यस बारे बिस्तृत जानकारी गराईने संस्थाका अधक्ष्य ठाकुर पुडा सैनी (बिध्या वारिधि )ले जानकारी गराउनु भयो । भबिश्यमा उद्यमी हुन् चाहने समुदायका व्यक्तित्वहरुलाई उत्प्रेरणा गर्ने मुख्य उदेश्य ,अमेरिकामा स्थापित भै सकेका उद्योगपति ,ब्यबसायी र यसै सम्बन्धमा अन्य ब्यापारमा संलग्न व्यक्तित्वहरुका अनुभव र उद्यमशिलताका बारेमा सूचना र बिशेष जानकारीमुलक कार्यक्रम निकै लाभदायी रहेको ठहर गरिएको छ ।
यस्तो कार्यक्रमले आउने नया युवा पिढी र नया आगन्तुकहरुलाई अरु कहा काम नै गर्नु पर्छ भन्ने कुरालाई यो अन्तरक्रिया तथा उद्यमीहरुले दिएका सुझाब ,सल्लाह ,अनुभव ,मुलमन्त्रले आशाको किरण पलाउछ भन्ने ठहर गरिएको छ । वक्ताहरुमा संचार कर्मिको तर्फबाट विजय थापाले आम संचार माध्यम बारेमा छोटकरीमा यथार्थता .समानता र बिश्वश्नीयता संचार क्षेत्रको लागि अपरिहार्य भन्नु हुदै विचार पोख्नु भएको थियो भने अर्का वक्ता घर किनबेच तथा खरिद गर्ने अभिकर्ता तथा समाजसेवी कविन्द्र सिटौलाले उद्यमशिलता सबैमा हुन सक्छ र त्यो बन्न ईक्षा हुनु पर्छ भन्दै विचार राखेका थिए ।
अर्का वक्ता ,समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारीले ब्यबसायमा श्रम ,शिप र पुजी लगानी हन्छ lउद्यम सोचेको जस्तो सरल नहुन पनि सक्छ । प्रतिस्प्रधा छ र ब्यबसाय गर्न राम्रो योजना चाहिने कुरा हो भन्दै बिचार राखेका थिए वहा चमेना गृहका संचालक हुनु हुन्छ । इन्धन व्यवसायमा संलग्न भएका अनिल खनालले ब्यबसाय गर्न ईक्षा अनि अनुसासन अनिवार्य हुन्छ भन्दै विचार राखेका थिए । डिसी नेपाल डटकमका संचालक राम हरि सुबेदीले आफु पनि ब्यबसायमा संलग्न भएको रोचक अनुभव सुनाउदै बिगतमा आफुले गरेको ब्यबसायबाट नाफा भएको, आरामदायी ब्यबसाय गर्नु पर्छ भन्दै अमेरिकामा धेरै ब्यबसाय डुबेको र थोरे सफल हुन्छन भन्दै सोचेर ,बुझेर मात्र ब्यबसायी हुन् सुझाब दिनु भएको थियो ।
र्का एक ईन्धन चौकी (ग्यास स्टेसन )ब्यबसाय संचालक तथा नर्थ (उत्तर )क्यारोलिनाबाट पाल्नु भएका उद्यमी तथा अमेरिका नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सानुबाबु सिलवालले मन्तब्य व्यक्त गर्दै कोहि पनि उद्यमी बन्न ईक्षा गर्नु हुन्छ भने उद्यमी बनाउन आफुले पूर्ण सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो । आफु भर्जिनियाको रिचमण्डमा आउदा आफु संग ७५ सेन्ट मात्र पैसा भएको उल्लेख गर्दै नेपालमा पत्रकारितामा संलग्न व्यक्ति यहाँ आएर एक ब्यबसायी बनेको चर्चा गर्दै अहिले आफुले लाखौ डलर लगानी गर्न आँट गर्न सक्ने बनेको बिचार राख्नु भएको थियो । सिलवाल अमेरिका उद्योग बाणिज्य संघका एक मात्र नेपाली समुदायको प्रतिनिधि गर्ने सौभाग्य प्राप्त गर्नु भएको छ । ्
यबसायी बन्न वहाले १५ वटा मूल मन्त्र सबैलाइ दिदै यी मूल मन्त्रहरु कसैले ग्रहण गरेमा सफल उद्यमी बन्न कसैले नरोक्ने ठोकुवा सहित उदाहरण प्रस्तुत गर्नु भएको थियो lधेरै कुराको चर्चा गर्दै यसका चुनौतिको बारेमा पनि छोटकरीमा ब्याख्या गर्नु भएको थियो भने एउटा अमेरिकनहरुको सपना के हुन्छ भन्दै जानकारी गराउनु भयो । अब नेपालीहरुको लागि अवस्था परिवर्तन भै सकेको सन्दर्भ ल्याउदै अब उद्यमी बन्ने सपना लिनु पर्ने विचार पोख्नु भएको थियो । छात्रवृतिको घोषणा गर्ने तथा उद्यमी राजिव मैनालीले एक उद्यमी बन्नलाई चारवटा मूल मन्त्र, ज्ञान ,समर्पण ,द्रब्य तथा भाग्य पनि चाहिने कुराको उल्लेख गर्नु भएको थियो र अर्का ब्यबसायी गोविन्द मैनालीले पनि अमेरिका नेपाल समाजद्वारा ल्याईएको बिषय बस्तु समय सापेक्ष भएको भन्दै ब्यबसाय संचालन गर्नेले आफ्नो दिमागमा म यो ब्यबसाय गर्छु भन्ने कुराको स्पस्ट हुनु पर्ने उल्लेख गर्नु भएको थियो ।
अर्का साना उद्यमीहरूलाई ऋण दिने (साना ब्यबसाय प्रशासन )र प्रसासन तर्फ कार्यरत खेम शर्मा (बिध्या वारिधि )ले राम्रो प्रस्तुति गर्दै अमेरिकामा साना ब्यबसाय दुई तिहाई हुन्छ र ५० प्रतिसत कूल ग्राह्स्तको योगदान साना ब्यबसायबाट हुने जानकारी दिनु भएको थियो । यसका काम कारवाही ,प्रक्रिया ,यसको गर्ने क्षेत्रहरु तथा बिबिध बिषयमा जानकारी गराउनु भएको थियो । र प्रमुख अतिथि नेपाली दूताबासका अर्जुन कान्त मैनालीले संस्थालाई धन्यबाद दिदै आफु पनि २५ बर्ष अगाडी यस्तै व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै अब समुदायलाई परिचालन गर्नु पर्ने र युवा पिढीलाई कसरि उद्यमी बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्ने बिचार राख्नु भएको थियो ।
कार्यक्रम संचालन संस्थाका महा सचिब श्याम लिम्बु तथा सचिब मुकुन्द राज दाहालले सयुक्त रुपमा गर्नु भएको थियो भने महा सचिब श्याम लिम्बुले पनि आफ्नो ब्यबसाय हंगकंगमा रहेको जानकारी प्रसंगवस उठाउनु भएको थियो lस्वागत तथा धन्यबाद ज्ञापन द्वितीय उपाधक्ष्य सीता पाण्डेले गर्दै अब हामी उद्यमी हुनु पर्ने अपरिहार्यता छ भन्दै यस्तो बिषयमा अमेरिका नेपाल समाजले मुद्दा उठाएको हो भन्दै विचार राख्नु भएको थियो ।
र कार्यक्रमका सभापति तथा अमेरिका नेपाल समाजका डा अधक्ष्य ठाकुर पुडासैनीले सबैलाई धन्यबाद दिदै छात्रवृति प्रदान गर्नु हुने राजिव मैनालीको पुन नाम लिदै कृतज्ञता प्रदान गर्नु भएको थियो । वहाले थप बिचार पोख्दै कार्यक्रमको माध्यमद्वारा ज्ञानको स्थान्तरण भएको महसुस गरिएको ,पुरस्कारको सुरुवात भएको, समुदायलाई उत्प्रेरित गर्न सफल भएको तथा नव परिवर्तन हुन् सक्ने बिचार राख्नु भएको थियो । बै वक्ताहरुले सहयोग गर्ने बचन बद्दता ब्यक्त गरेका थिए भने कार्यक्रमको समापन अधक्ष्य डा ठाकुर पुडासैनीले गर्नु भयो ।