काठमाण्डौ जेठ ७,
बर्षकै सर्वोत्कृष्ट ब्लोअप मिस नेपाल श्रीष्टि श्रेष्ठ: सुन्दरीका तस्बिरलाई पाठकहरूबाट प्राप्त एसएमएस मतका आधारमा सर्ट लिस्टिङ गरेर उत्कृष्ट २० वटा ब्लोअप छनोटमा परे, जसलाई पाठकहरूले पनि निकै मन पराएका थिए।
पि्रयंका कार्की, सन्ध्या जोली, झरना गुरुङ, पुजा नेपाली, सरु बन, पार्वती राई, रेश्मा प्रसाईं, नीता ढुंगाना, सुमिना घिमिरे, फोबी रिमाल, राचु आले, सृष्टि श्रेष्ठ, शिवाङ्गिनी राणा, मेरिशा लिम्बु, श्वेता भट्टराई, प्रनिशा सिलवाल, संगम राई 'लभ्ली' तथा एलिना बाँसकोटालाई उत्कृष्ट २० मा छनौट गरिएपछि समाजका विभिन्न पेसामा संलग्न व्यक्तित्वहरूबाट अन्तिम छनौट गरेर सर्वोत्कृष्ट १२ को सूची तयार भयो। १२ हुँदै अन्ततः बर्षको सर्वोत्कृष्ट हुन सफल भइन श्रीष्टि श्रेष्ठ । मिस नेपाल २०१२ ।