भर्जिनिया अमेरिका जेठ १७,
विजय थापा : मे २८ ,लस एन्जेलसमा रहेको श्री पशुपतिनाथ फाउन्डेसन ((प्रतिस्ठान)ले गैर आवासीय सघ ,राष्ट्रिय समन्वय समिति ,अमेरिकाको मे २५ र २६ तारिखमा आयोजना भएको दूई दिने अधिवेसनमा सहभागी हुन् जापान .क्यानाडा ,नेपाल तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट पुगेका व्यक्तित्वहरुलाई श्री पशुनाथ फाउन्डेसन (प्रतिस्ठान)को भवनमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
लस एन्जेलस क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणितीय रुपमा वृद्धि हुदै गएको अवस्था ,ब्यबसायी र उद्यमीहरुको बाक्लिदै गरेको अवसरलाई मध्य नजर गर्दै समुदायको लागि केहि गर्ने पवित्र उदेश्य अनुसार श्री पशुनाथ फाउन्डेसन (प्रतिस्ठान)को स्थापना गर्नुको साथै भवन खरिद गर्न सफल भएको जानकारी दिइएको छ । स्थानीय नेपाली समुदायको सक्रिय सहभागिता र बिशेस पहलमा स्थापना गरिएको श्री पशुपतिनाथ प्रतिस्ठानमा बाहिरबाट पुग्नु भएका अतिथिहरुलाई जानकारी दिने उदेश्यको साथ प्राथमिक चरणको काम भवन खरिद गर्न सकियता पनि दोश्रो चरणको कामको लागि थुप्रै आर्थिक भार पर्ने भएको र काम फत्ते नभएको जानकारी दिईएको छ ।
सो को लागि प्रतिष्ठानले कसरि यसको लक्ष्य प्राप्त गर्न सकिन्छ र आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । उक्त भेटघाट र परिचय कार्यक्रममा बाहिरबाट उपस्थित हुने केहि महानुभावहरुले केहि आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको थियो । उक्त कार्यक्रममा सबै अतिथिहरु तथा संचालक समितिको छोटो परिचय कार्यक्रम संचालक राजेन्द्र सिवाकोटीले गरेका थिए भने उपस्थित अतिथिहरुले भवन खरिद गर्न पहल र बिशेष सहयोग गर्नु हुने सबैलाई हौसला प्रदान गर्दै कर्तल ध्वनिबाट सम्मान गरेका थिए । उक्त भेटघाट कार्यक्रममा मन्तब्य राख्नेहरुमा सर्व प्रथम अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले हर्ष ब्यक्त गर्दै यस्तो काम अरु राज्यहरुको लागि उदाहरण हुने र पाठ सिक्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
गैर आवाशीय संघका पुर्व अधक्ष्य देवमान हिराचनले प्रतिस्ठानलाइ बधाई दिदै एन आर एन ले पनि सामुदायिक आश्रय बनाउने सोच राखेको जानकारी दिनु भएको थियो । तिमि म नभनी हामी भन्ने सोच राखेमा जे काम पनि सफल हुने मन्तब्य राख्नु भयो l
यसै गरि एन आर एन क्यानाडाबाट पाल्नु भएकी राधा बस्नेतले श्री पशुपतिनाथ प्रतिस्ठानलाई बधाई दिदै यस्तै सोच क्यानाडामा पनि रहेकोले केहि रकम उठाई रहेको जानकारी गराउनु भएको थियो । मन्तब्य व्यक्त गर्दै ए एन ए का अधक्ष्य छेवांग शेर्पालामाले अमेरिकामा मन्दिर र सामुदायिक केन्द्रको अबधारणा ३० बर्ष अगाडी ए एन ए ले ल्याएको जानकारी दिनु हुदै पशुपतिनाथ प्रतिस्ठानको नाराको प्रसंसा गर्नु भएको थियो ।
मन्तब्य व्यक्त गर्दै गैर आवाशीय संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले प्रतिस्ठान भित्र प्रवेश गर्दा आफ्नोपन महसुस भएको भन्नु भयो भने डा दीप जोशीले श्री पशुपतिनाथ प्रतिस्ठानको जग्गा एक हप्तामा किनिएको उल्लेख गर्नु भएको थियो । प्राध्यापक तथा एन आर एन का एक हस्ती डा अम्बिका अधिकारीले हर्ष व्यक्त गर्दै बधाई दिनु भएको थियो भने संचारकर्मी तथा सगरमाथा टिवी यु एस ए का प्रमुख संचालकले ए एन ए को परियोजना अन्तर्गत रहेको नेपाल शैक्षिक तथा सामुदायिक केन्द्रबारेमा छोटकरीमा जानकारी दिदै बधाई दिनु भएको थियो ।
प्रख्यात पर्वतारोही ए सी शेर्पाले चिनिया समुदाय सशक्त हुन्छ भन्दै नेपाली समुदायपनि यस्तै होस् भनि शुभकामना दिनु भएको थियो भने टेक्सासका युवा उद्यमी पासांग लामाले प्रतिस्ठानमा केहि बिबाद देखिएता पनि आफै एक्बद्द भै समाधान गर्न सक्नु भएकोमा बधाई दिनु भएको थियो । गिनिज पुस्तकमा नाम लेखाउन सफल संचार कर्मी रवि लामिछानेले बुद्धको मुर्ति नेपालको अन्तरराष्ट्रिय त्रिभुवन बिमान स्थलमा स्थापना गर्न पहल गरि रहेको उल्लेख गर्दै सबैले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रचार हुने कुरा जानकारी दिएका थिए ।
यसै गरि बेद भक्त जोशीले बिउ छरी सकेको र थोपा थोपा मिलेर समुन्द्र बन्ने हुनाले यो उदेश्यको लागि सबैले थोरै थोरै सहयोग गरे लक्ष्य प्राप्त हुने कुरा राख्नु भएको थियो भने नेपाली समुदायको तर्फबाट ईतिहास मै पहिलो पटक अमेरिकन संसदमा उम्मेदवारी दिनु भएका दर्शन रौनियारले नेपाली समुदायमा उल्लेखनीय एकता रहेको मन्तब्य पोखेका थिए । कार्यक्रमको समापन गर्दै श्री पशुपतिनाथ प्रतिस्ठानका सभापति भक्त थापाले सबैको मार्ग दर्शनलाई आत्मसात गर्दै लैजाने बिचार पोख्दै अमुल्य समय प्रदान गरि भवनको अवलोकन गर्न पाल्नु हुने सबैलाई कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा उपस्थित अतिथिहरुमा पर्वतारोही ए सी शेर्पाले $ २००१ (दुई हजार एक डलर ),सुवर्ण जोशीले $ ५००..(पाँच सय डलर ),डा अम्बिका अधिकारीले $ २५०.०० (डलर ) तथा एन आर एन एन सी सी अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले $ १००१.०० (एक हजार एक डलर )दिने घोषणा गरेका थिए lभेटघाट कार्यक्रमको संचालन समाज सेवी तथा प्रतिस्ठानका सक्रिय पदाधिकारी राजेन्द्र सिवाकोटीले गरेका थिए । यो कार्यक्रम पश्च्यात उपस्थित हुने सबै अतिथिहरुलाई भब्य स्वागत गर्दै नेपाल सरकारबाट नियुक्त हुनु भएका सान डिएगो, क्यालिफोर्नियाका लागि अवैतनिक महाबाणिज्यदुत ऋषि ढकालले वहा कै निजि महलमा चौरासि व्यंजन दिवा भोजन पूर्ण सत्कारको साथ गराउनु भएको थियो ।