state news,एन आर एन प्रतिभा प्रतियोगितामा कृष्ण पाण्डेय प्रथम I

भर्जिनिया अमेरिका जेठ १४,

विजय थापा : लस एन्जेलस ,मे २६ तारिख , गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले आयोजना गरेको दुई दिने अधिवेसन तथा साधारण सभा कार्यक्रमको साथमा प्रतिभा प्रतियोगिताको आयोजना गरिएको थियो  दुई दिन सम्म चलेको उक्त अधिवेसनमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै लुकेका प्रतिभा र स्थानीय कलाकारहरुलाई सहभागी गराउने उदेश्यले गरिएको एन आर एन प्रतिभा प्रतियोगिताको कार्यक्रममा नव प्रतिभा तथा अन्य कलाकारहरुले बिभिन्न प्रतिभा पर्दर्शन गरेका थिए  

प्रहसन ,गीत ,खुकुरी नाच ,नृत्य प्रस्तुति गरिएको उक्त कार्यक्रममा क्यान्सस शहरबाट आउनु भएका र गिनिज पुस्तकमा बिपरित हिज्जे उच्चारणको (reversespeller)किर्तिमान कायम गर्न ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो प्रतिभा प्रस्फुटन गर्ने भब्य तैयारमा रहेका कृष्ण पाण्डेयले उत्कृस्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्  बिभिन्न राज्यहरुमा ,समुदायमा र कार्यक्रममा उल्टो हिज्जे उच्चारणको प्रचार र प्रसार गर्दै हिडेका कृष्ण पाण्डेयले अन्तत्वगत्वा आत्म विश्वासको साथ सोधेका प्रश्नहरुको तेजिलो जवाफ दिदै प्रतिभा देखाई छाडेका छन्  

बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा छ भन्ने मूल नाराको साथ गिनिज पुस्तकमा आफ्नो नाम लेखाउने उनको धोको छ  कार्यक्रममा नेपालका वरिस्ठ कलाकार सन्तोष पन्तले प्रथम भएको घोषणा गर्दै प्रसंशा गरेका थिए भने भने अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माले नेपालका असाधारण प्रतिभा भन्दै खादा ओढाएर सम्मान गर्नु भएको थियो भने भर्खर दूरदर्शन (Television ) अन्तर्वार्तामा गिनिज पुस्तकमा नाम लेखाउनु भएका रवि लामिछानेले पाण्डेयलाई प्रसंसा गर्दै सहयोग गर्ने बचंबद्दता गर्दै खादा ओढाएका थिए  

सबैको सहयोग र समर्थनको अपेक्षा गर्दै आफुले नेपालको सिर उच्च बनाउने छु भन्दै मेहनत गरि रहेको जानकारी गराएका छन्  उक्त कार्यक्रम ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा ,एन आर एन अन्तरास्ट्रिय का क्षेत्रीय संयोजक मुकेश सिंह ,प्राध्यापक बिध्या रंजित ,वरिस्ठ कलाकार सन्तोष पन्त, समाज सेवी तथा वरिस्ठ संचारकर्मी अनिल पाण्डे निर्णायकमा हुनु हुन्थ्यो भने कार्यक्रम संचालन संचारकर्मी सुर्य थापा तथा स्थानीय कलाकारले सयुक्त रुपमा गर्नु भएको थियो 

एन आर एन को अधिवेसन श्रब्य दृश्य ( भिडियो ), NRN USA AGM and Conference LA 2013..... 

बुद्ध जयन्ति लस एन्जेलस श्रब्य दृश्य ( भिडियो ), 2557 Buddha Jayanti Celebration in LA....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com