काठमाण्डौ जेठ १६,
नारीदर्पण : सिमा क्षेत्रमा व्यक्ति अपहरण गरि रकम असुल गर्ने कुख्यात अपराधित बब्लु दुबेलाई स्थानिय अन्सन प्रहरी कार्यालय नारायणी बिरगंज्ले पक्राउ गरि हिजो सार्वजनिक गरेको छ । भारत बिहार पूर्वी चम्पारण स्थित कल्याणपुर् मोतिहारी बस्ने तीस बर्षीय दुबे काठमाण्डौमा लुकिछिपी बसेको सुचनाको आधारमा अन्सन प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनालको कामांडमा रहेको टोलीले पक्राउ गरेको थियो ।
नेपाल र भारतको सीमा क्षेत्रमा रहेका उद्योग पति, ब्यापारी, सरकारी कर्मचारी तथा भारतका राज्यसभाका सदस्यहरुलाई समेत फोन बाट बाट धम्कि दिंदै रकम उठाउदै आएका दुबे काठमाण्डौमा बसी बिहार पिपुल्स लिबरेसन आर्मी नामक आपराधिक संगठन संचालन गरिरहेको प्रहरीले जानकारी दिएको छ । उनको साथ् बाट साठ्ठी हजार भारतीय रुपियाँ ।
एक लाख त्रिहत्तर हजार नेपाली रुपियाँ र नेपाली सीम कार्ड भएको पांच थान मोबाइल समेत बरामत गरेको प्रहरीले जनाएको छ । हत्या र डकैतीको अभियोगमा दस बर्ष सजाय भोगेका दुबे माथि भारत सरकारले उनलाई पक्राउ गर्नेलाई दुइलाख रुपिया इनाम दिने घोषणा गरेको थियो ।